नेपालका खर्बपति विनोद चौधरी बने नेपाली कांग्रेसको केन्द्रीय सदस्य

पुस ६, काठमाडौं । नेपालको खर्बपति सूचीमा रहेका विनोद चौधरी  नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उक्त पार्टीको १४ औं महाधिवेशनबाट उनी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । मधेसी खुला ५ सिटका लागि भएको प्रतिस्पर्धामा चौधरीले दोस्रो धेरै मत ल्याएका छन् ।ट्विटरमा मतादाताप्रति आभार व्यक्त गर्दे उनले सबैलाई धन्यवाद दिएका छन् । ‘नेपाली कांग्रेसको १४ औैं महाधिवेशनबाट मलाई केन्द्रीय सदस्य पदमा निर्वाचित गर्नुहुने सम्पूर्ण महाधिविेशन प्रतिनिधिन्यूहरुप्रति विशेष आभार प्रकट गर्दछु,’ उनले लेखेका छन्, ‘यस प्रक्रियामा विभिन्न तवरबाट साथ र सहयोग गर्नुहुने महानुभावहरु, पत्रकार मित्रहरुलगायत सम्पूर्ण शुभेच्छुकहरुप्रति हार्दिक नमन ।’ उद्योगी तथा प्रतिनिधि सभाका सांसद चौधरी विश्वको धनाड्य सूचीमा १ हजार ५६१औं स्थानमा रहेका छन्। अमेरिकी पत्रिका फोब्र्सले जारी गरेको वर्ष २०१८ का धनाड्यहरुको सूचीमा पर्ने उनी नेपालका एक मात्र खर्बपति हुन्।  उनको सम्पत्ति हाल १ अर्ब ५२ करोड अमेरिकी डलर अर्थात् करिब १ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको फोर्ब्सले बताएको छ।  चौधरी ग्रुपसहित उनको लगानी खाद्यान्न, विद्युतीय सामग्री, बियर, होटल,बैंक तथा औद्योगिक पार्कलगायतमा रहेको छ ।

सम्बन्धित सामग्री

नवलपुरको चुनावी अभियानमा अर्बपति नेता चौधरी

नवलपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई विजय गराउन आफ्नो गृह जिल्ला नवलपुरको निर्वाचन अभियानमा खटिएका छन् । जिल्लाका आठवटै स्थानीय तहमा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवारहरूलाई जिताउन उनी निर्वाचन अभियानमा होमिएका हुन् । नेता चौधरी अहिले गठबन्धनका उम्मेदवारहरूको नेतृत्व गर्दै नवलपुरका घरदैलो कार्यक्रममा...