जनसंख्यामा चीनलाई भारतले उछिन्दै, विश्वको जनसंख्या आठ अर्ब पुग्दै

सोमबार प्रकाशित संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले आगामी वर्ष भारत चीनलाई उछिन्दै विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने प्रक्षेपण गरेको छ । यस्तै आउँदो सन् २०२२ को नोभेम्बरमा विश्वको जनसंख्या ८ अर्ब नाघ्नेसमेत उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ ।