वैशाख ९, काठमाडौं । ‘स्ट्याण्डर्ड चार्टर्ड न्यूबिज बिजनेश वुमन समिट एण्ड अवार्डस् २०२२’ को अन्तिम कार्यक्रम शुक्रवार चार बजेबाट एभरेस्ट होटल बानेश्वर, काठमाडौंमा शुरु भएको छ ।
यसअघि पोखरा, वीरगञ्ज र विराटनगरमा वित्तीय साक्षरता, उद्यमशीलता, समय व्यवस्थापन र क्षमता विकास विषयमा हाइब्रिड विधिमा अन्तरक्रियात्मक विशेष तालीम सम्पन्न भइसकेको छ । यसअन्तर्गत काठमाडौंमा दुई महिला उद्यमीले आफ्ना उद्यमशीलता संघर्षको कथा सुनाएर यो वर्षको कार्यक्रम शुरू भएको थियो ।
अन्तिम कार्यक्रममा ८ विधाका उत्कृष्ट १५ जना महिलालाई सम्मान गरिने छ । प्रत्येक प्रदेशका एक/ एक जना गरी उत्कृष्ट ७ जना महिला उद्यमीलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गर्ने कार्यक्रम रहेको छ ।
सम्मानका लागि उपयुक्त महिला उद्यमी छनोट गर्ने प्रक्रिया गतवर्ष जेठदेखि नै थालिएको र यसअन्तर्गत २ हजारभन्दा बढी महिला उद्यमीमध्येबाट स्वतन्त्र विज्ञ सम्मिलित एक निर्णायक मण्डलले उद्यमीको अन्तिम छनोट गरिसकेको आयोजकको भनाइ छ ।
उद्यम, व्यवसायलाई प्रोत्साहन गर्ने यस्तो कार्यक्रम न्यू बिजनेश एजले सन् २०१३ देखि गर्दै आएको छ । महिला उद्यमीलाई सम्मान गर्ने कार्यक्रम भने गतवर्ष २०२१ देखि थालिएको हो ।
यसैबीच, कोभिडपछि यसले उद्यमीका लागि ल्याएका नयाँ अवसरका विषयमा विभिन्न विज्ञसँग एउटा प्यानेल छलफल पनि गरिएकोे कम्पनीले बताएको छ । अवार्ड्सको मुख्य प्रायोजकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र सह-प्रायोजक मुक्तिनाथ विकास बैंक लिमिटेड रहेका छन् ।
मेडिकल पार्टनर स्टार हस्पिटल, नलेज पार्टनर सेन्टर फर लिडरशिप एण्ड अन्त्रप्रेनरशिप, एअरलाइन्स पार्टनर टर्किस एअरलाइन्स, ई–कमर्श पार्टनर दराज, ननलाइफ इन्स्योरेन्स पाटर्नर नेको नेको इन्सुरेन्स लिमिटेड र इन्टरनेट पार्टनरमा डिसहोम फाइबर नेट रहेका छन् ।
कार्यक्रमलाई कृषि विकास बैंक, सिप्रदी, रिलायबल लाइफ इन्स्योरेन्स, प्रोगेशिभ फाइनान्स लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स, महिला उद्यमी महासंघ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल राष्ट्र बैंकले पनि सहयोग गरेका छन् ।
हेर्नुस प्रत्यक्ष प्रसारण :