नेप्से ५३ अंकले बढ्यो, न्यादी हाइड्रोपावरमा सर्किट

मंगलवार नेप्से परिसूचक ५३.३० अंकले बढेको छ । आइतवार १०० अंकले घटेको शेयर बजार सोमवार स्थिर थियो भने मंगलवार भने १.९७ प्रतिशतले बढेर २७५४.२८ बिन्दुमा पुगेको हो ।  बजार बढेका बेला न्यादी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । यसका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । न्यादीको शेयरका सकारात्मक सर्किट लागेको छ । यस बाहेक तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले पनि ८.७० प्रतिशतले कमाएका छन् ।  मंगलवार हिमालयन ऊर्जा विकास कम्पनी, कालिका पावर कम्पनी, चन्द्रागिरि हाइड्रोपावर कम्पनीसहितका लगानीकर्ताले...

सम्बन्धित सामग्री

४० मिनेको सर्किट ब्रेकपछि खुल्यो नेप्से

नेगेटिभ सर्किट लागेपछि ४० मिनेटका लागि दोस्रो बजारमा हुने सम्पूर्ण कारोबारहरू रोक्का भएका थिए । ४० मिनेट सकिएसँगै १ बजेर ४१ मिनेटबाट पुन: कारोबार सुरु भएको हो ।

५ प्रतिशत घटेपछि सेयर बजारमा लाग्यो 'सर्किट ब्रेक'

सेयर बजारमा सर्किट ब्रेकर लागेको छ। बजारको परिसूचक नेप्से ५ प्रतिशतले घटेपछि सर्किट ब्रेकर लागेको हो।

नेप्से भारी अंकले घटिरहँदा १५ दिनयता लगातार पोजेटिभ सर्किट लागिरहेको जीवन विकास

काठमाडौँ- पछिल्ला दुई दिनमा नेपाल स्टक एक्सचेन्ज-नेप्से सय अंकभन्दा बढीले ओरालो लागेको छ। तर यी दुवै दिन एउटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो। जीवन विकास लघुवित्तको सेयर दुवै दिन समान १० प्रतिशतले बढेको हो। जीवन विकासको सेयर मूल्य १५ दिन (कारोबार दिन)यता लगातार १० प्रतिशतले बढिरहेको छ। खरिदकर्ताको चाप देखिए पनि बिक्रीकर्ता शून्य छन्। […]

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट

काठमाडौं। आज सेयर बजार परिसूचक १५ अंकले बढेको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। आज नारायणी विकास बैंक, मल्टीप्रपोज फाइनान्स र चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्यमा सर्किट लागेको हो। मूल्यमा १० प्रतिशतको वृद्धिसँगै नारायणीको सेयर मूल्य प्रतिकित्ता ८०३ रुपैयाँ, मल्टीप्रपोजको मूल्य प्रतिकित्ता ५३४ र चन्द्रागिरीको प्रतिकित्ता १६ सय ३७ रुपैयाँ पुगेको छ।

यी ५ कम्पनी, नेप्से घट्दा पनि जसको शेयर कारोबारमा लाग्यो सकारात्मक सर्किट ब्रेक

सोमवार नेप्से परिसूचक घटेपनि शेयर बजारमा विभिन्न ५ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै २ कम्पनीको कारोबार सकारात्मक सर्किट लेभलमा भएको छ ।  सोमवार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, जानकी फाइनान्स लिमिटेड, माउन्टेन हाइड्रो नेपाल लिमिटेड, बिशाल बजार कम्पनी लिमिटेड र ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यस्तै न्याग्दी ग्रुप पावर लिमिटेड र हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढ्दै सर्किट लेभलमा कारोबार भएको छ ।  ...

आज ३ कम्पनीको शेयरमा सकरात्मक सर्किट

काठमाडौं, २९ बैशाख । आज झिनो अंकले नेप्से बढ्दा ५ अर्ब ३२ करोड भन्दा बढीको कारोबार भएको छ । बुधबार ३ कम्पनीको शेयरमा १० प्रतिशत सर्किट लागेको छ । बाँकी ९ कम्पनीको सर्किट लेभलमा नै कारोबार भएको छ । नारायणी डेभलपमेन्ट बैंकको १० प्रतिशत सर्किट लागेको हो । यी कम्पनीको लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् […]

दुई कम्पनीको सेयर मूल्यमा सर्किट ब्रेक

काठमाडौं। सेयर बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भएकामध्ये दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। आज खानीखोला हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सर्किट लागेको हो।

दुई कम्पनीको सेयर मूल्यमा सर्किट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साताको अन्तिम कारोबार दिन आज महिला लघुवित्त र सिंगटी हाइड्रो इनर्जीको सेयर मूल्यमा सर्किट लागेको हो। यस क्रममा महिलाको सेयर मूल्य प्रति कित्ता २८४ रूपैयाँ बढेर ३,१२५ पुगेको छ। यस्तै, सिंगटीको सेयर मूल्य प्रति कित्ता ३३ रूपैयाँ बढेर ३६३ रूपैयाँ पुगेको छ।

नेप्से ५ अंकले घट्दा पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक ‘सर्किट’

६ माघ, काठमाडौं । मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.५७ अंकले बजार घटेर २ हजार ३ सय २६ दशमलव ९० अंकमा झरेको छ । समग्रमा नेप्से परिसूचक घटे पनि केहि कम्पनीहरुको सेयर मूल्यमा भने राम्रो सुधार आएको छ । जसमध्ये तीन कम्पनीको सेयर मूल्य त १० प्रतिशतले बढेर सकारात्मक सर्किट ब्रेक नै लागेको छ […]