घाइते भएपछि विश्व च्याम्पियनसीपमा नेपाली धावकको सपना अधुरै

विश्व एथलेटिक्स च्याम्पियनसीप अन्तर्गत म्याराथनमा प्रतिष्पर्धा गर्न लन्डन आएका नेपाली धावक भूमिराज राईको कीर्तिमान राख्ने लक्ष्यमा बिराम लागेको छ । आइतबार फूल म्याराथन (४२.१९५ किमी) मा दौडने क्रममा घाइते भएपछि राईले बीचैमा दौड छाड्नु परेको हो ।