साउन १०, काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ले सूचीकृत संगठित कम्पनीहरुलाई वर्गिकरणका लागि आवश्यक विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।
धितोपत्र सूचीकृत विनियमावली अनुसार सूचीकृत कम्पनीहरुको प्रत्येक त्रैमासीक अवधिमा वर्गिकरण गर्नुपर्ने भएकाले चौथो त्रैमासीक वर्गिकरणका लागि आवश्यक विवरण बुझाउन अनुरोध गरेको हो ।
सूचीकृत कम्पनीहरुले साउन १७ गते कार्यलय समयभित्र आवश्यक विवरण इमेल ठेगाना listing@nepalstock.com मा प्राप्त हुने उपलब्ध गराउन नेप्सेले अनुरोध गरेको छ ।