बिक्री नभएका खसीबोका जिल्ला फिर्ता

गत वर्षको तुलनामा यस वर्ष दसैंमा खसीबोका कम बिक्री भएसँगै व्यपारीहरु बाँकी रहेका खसीबोका गाउँ फर्काउन थालेका छन् ।दसैंमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरु गाउँ फर्किएपछि खसीबोका बजारमा गत वर्षको झैं बिक्री वितरण नहुँदा बाँकी रहेका खसीबोका व्यापारीले गाउँ फर्काउन थालेका हुन् ।काठमाडौं उपत्यकामा यस वर्ष माग भन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाडौं चौपाया खरिद बिक्री […]

सम्बन्धित सामग्री

बिक्री नभएका खसीबोका जिल्ला फिर्ता

गत वर्षको तुलनामा यसवर्ष दसैँमा खसीबोका कम बिक्री भएसँगै व्यापारीहरुले बाँकी रहेका खसीबोका गाउँ फर्काउन थालेका छन् । दसैँमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरू गाउँ फर्किएपछि खसीबोका बजारमा गत वर्षको झैँ बिक्री वितरण नहुँदा बिक्री गर्न बाँकी रहेका खसिबोकाहरुलाई व्यापारीहरुले गाउँ फर्काउन थालेका हुन् । काठमाडौं उपत्यकामा यस वर्ष माग भन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका बजार व्यवस्थापक जीवरराज खतिवडाले बताए । यस वर्ष काठमाडौं चौपाया खरिदबिक्री प्रालिम

खसीबोका बिक्री नहुँदा चाडपर्वमा खर्च जुटाउन मुश्किल

वडादशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका किसान दानबहादुर बुढामगरलाई चाडपर्वमा खर्च जुटाउन समस्या भएको छ ।      महामारीले चहलपहल न्यून भएकोले खसी बोकाको कारोवार घट्दा परेको असरले खर्च जुटान समस्या भएको उहाँले बताउनुभयो । ‘‘बली चढाउन समेत नपाइने भनिएपछि बिक्री हुन गाह्रो भयो”, धनगढीमा शुक्रवार भेटिनु भएका बुढामगरले भन्नुभयो, “बिक्री नभएका खसी बोकालार्ई अब हिँडाएरै आफ्नै गाउँतिर फिर्ता लग्दैछौं ।” आफ्नो गाउँवाट १५ वटा खसी खरिद गरी धनगढी बजारमा व्यापार गर्नु भएका उहाँका गएको चार दिनमा जम्मा पाँच खसी मात्र बिक्री हुन सकेका छन् ।   विगत दशैँमा जस्तो खसी बोका कारोवारमा यस वर्ष कोरोना सङ्क्रमणको जोखिमका कारण ठूलो असर पुगेको घुम्ति व्यापार गर्ने गरेका किसानले बताएका छन् । बाख्रापालन गर्दै आउनु भएका चुरे गाउँपालिकाका अर्का किसान जीवन थापाले कोरोना फैलिने डरले दशैँको समयमा खसी बोकाको घुम्ति व्यापार नै गर्नु भएन । ‘‘जताततै कोरोनाको त्रास देखिँदा व्यापार गरेर कमाई गर्ने बाटो बन्द भयो”, थापाले भन्नु भयो । चुरे गाउँपालिकामा स्थानीय किसानले पालेका झण्डै २५० खसीबोका भने यसपाली काठमाडौँ र पोखरावाट आएका व्यापारीले खरिद गरेर लगेका छन् । ‘‘स्थानीय क्षेत्रमा जिउँदो खसी मुश्किलले प्रति किलो रु ५००देखि५५०मा खरिद बिक्री भइरहेको छ”, स्थानीय किसान प्रेम आचार्यले भन्नु भयो, “यहाँका खसी बोका पोखरा काठमाडौँ पुर्याएर बेच्दा प्रतिकिलो रु७००देखि ८०० सम्ममा बिक्री हुने गरेको रहेछ ।”    बाख्रापालनका लागि उर्बर भूमि मानिने चुरे गाउँपालिका क्षेत्रमा बाख्रापालन गर्ने किसानलाई सरकारवाट सहयोग नपुगेको गुनासो कृषकको छ । हाल ३६ वटा बाख्रा पाल्दै आउनु भएका आचार्यले सरकारले बाख्रापालन गर्ने किसानलाई विभिन्न सहयोग गर्ने गरेको भन्ने सुनिएपनि आफ्नो गाउँठाउँमा सरकारी कार्यक्रम कहिल्यै नपुगेको बताउनुभयो । कैलाली जिल्लाको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिकामा अधिकांश किसानको मुख्य आयस्रोत बाख्रापालन र फलफूल खेती छ ।