राष्ट्रिय भलिबल च्याम्पियनसिप : महिलातर्फ न्यू डायमण्ड र पुलिस, पुरुषतर्फ आर्मी र हेल्प नेपाल फाइनलमा

काठमाण्डाै - सातौँ संस्करणको एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ उपाधिका लागि न्यू डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब खेल्ने भएका छन् । त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिवार सम्पन्न सेमिफाइनल खेलमा नेपाल पुलिसले अर्को विभागीय टोली एपीएफ क्लबको चुनाैती पार गर्दै फाइनलमा स्थान बनाउँदा न्यू डायमण्डले त्रिभुवन आर्मी क्लबलाई हराउँदै पुलिससँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनबाट फाइनलमा स्थान बनाउने क्रममा पुलिसले एपीएफलाई ३–२ को सेटमा स्तब्ध बनाएको...