डिना र कमल थापालाई हराउँदै मकवानपुर १ मा राप्रपाका दीपक सिंह विजयी

मकवानपुर –  मकवानपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपकबहादुर सिंह विजयी हुनुभएको छ । सिंहले लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएकी नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डिनालाई २ हजार ३ सय ९३ मतान्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो । सिंहले २७ हजार ८ सय १४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी डिनाले २५ हजार ४३४ मत प्राप्त गर्नुभयो ।  यस्तै, सूर्य चिन्ह लिएर उठ्नुभएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २५ हजार ४ स...

सम्बन्धित सामग्री

कमल थापा र डिनालाई हराउँदै सांसद बनेका दीपक सिंह

८ मंसिर, हेटौंडा । मकवानपुर–१ को मतगणनामा चल्दै गर्दा सुरुदेखि नै कांग्रेसकी महालक्ष्मी डिना उपाध्यायले एमालेबाट सूर्य चुनाव चिन्ह लिएका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पछि पारिरहेकी थिइन् । चुनावअघि चर्चा भए पनि मध्यसम्म पनि मतपरिणाममा राप्रपा उम्मेदवार दीपकबहादुर सिंह दृश्यमै थिएनन् । उपाध्याय र थापाले राप्रपाका सिंहलाई आफ्नो भोट काट्ने भन्दै शंकाको नजरले त […]

कमल थापा र दीपक सिंह : कसकोविरुद्ध को भारी ?

हेटौंडा : ‘मैले कसैलाई सम्मान गर्छु भने त्यो कमल दाइलाई मात्रै हो’, मकवानपुर–१ बाट प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गरेपछि राप्रपाका केन्द्रीय सदस्य दीपक सिंहले भने। यसो भनिरहँदा उनी केही भावुक देखिन्थे। तिनै सिंह राप्रपा नेपालका अध्यक्ष कमल थापाविरुद्ध चुनावी मैदानमा उत्रिएका छन्। थापा र सिंह कुनै समयको सहयात्री मात्रै होइनन्, सहोदर दाजुभाइभन्दा पनि नजिक थिए। थापा सिंहभन्दा काम, उमेर र अनुभवले अग्रज भए पनि यी दुई सहयात्री थिए। थापा र सिंहबीचको सम्बन्धको बारेमा उम