महानगरवासीले दिएको धेरै जिम्मेवारी पुरा गरेको छु : विद्यासुन्दर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गरेका छन् । मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाई दिएको पनि बताए । शनिबार काठमाडौं महानगरपालिका– १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसके पनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताए । त्यसका लागि सबै वडामा प्रशस्त बजेटको व्यवस्था गरेको उनको भनाई थियो । मेयर शाक्यले सबै वडा कार्यालयहरुल

सम्बन्धित सामग्री

काठमाडौं महानगर : उपलब्धिभन्दा विवाद धेरै

स्रोत साधनले सम्पन्न संघीय राजधानी रहेको काठमाडौं महानगरपालिका देशका बाँकी ७५२ स्थानीय तहका लागि प्रेरणा बन्नुपर्ने थियो । तर विद्यासुन्दर शाक्य नेतृत्वको जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल विवादै विवादमा बित्यो ।

पार्टीले जिम्मेवारी दिए फेरि काठमाडौँको मेयरमा उठ्छु : विद्यासुन्दर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेकपा एमालेले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहने बताएका छन् । काठमाडौँ महानगरपालिका-२१ वडामा निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा आज (बिहीबार) महानगर प्रमुख शाक्यले फेरि आफ्नो दाबेदारी रहने बताएका हुन् । शाक्यले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः […]

काठमाडौँ महानगरको प्रमुखमा मेराे पुनः दावी छ – विद्यासुन्दर शाक्य

काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको प्रमुखमा फेरि आफ्नो दाबेदारी रहेको बताएका छन्। काठमाडौँ महानगरपालिका २१ वडामा निर्माणाधीन गोफल टोलस्थित श्रीधरनारायण परिसरको फल्चा र पार्कको शिलान्यास गर्दै उनले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा उम्मेदवारी दिने बताएका हुन्। प्रमुख शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरुको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै […]

पार्टी र महानगरवासीले चाहे फेरि मेयरको उम्मेदवार : विद्यासुन्दर शाक्य

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहेन बताएका छन्।  बिहीवार काठमाडौं महानगरपालिका २१ वडाबाट निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फल्चा र पार्कको शिलान्यास कार्यक्रममा शाक्यले नेकपा एमालेले फेरि जिम्मेवारी दिए आफू तयार रहेको बताएका हुन्। ‘आगामी निर्वाचनको लागि अहिले नै…

दरबार हाईस्कुलको पुस्तकालयको उद्घाटन

काठमाडौं (अस) । काठमाडौंको दरबार हाईस्कुलमा स्थापित पुस्तकालयको उद्घाटन गरिएको छ । माया राणा तुफोको सहयोगमा स्थापित दुई पुस्तकालयको बुधवार उद्घाटन गरिएको हो । राणाले आफ्नो स्वर्गीय बुबा प्रभाकर एसजेबी राणाको सम्झनामा पुस्तकालय स्थापनामा सहयोगी गरेकी हुन् । पुस्तकालय उद्घाटन कार्यक्रममा उनले आफ्ना बुबाले शैक्षिक र तालिम कार्यक्रममा जोड दिएकाले समुदायका लागि पुस्तकालय स्थापना गर्ने जिम्मेवारी लिने संस्थालाई रकम दिन चाहेको बताएकी छन् । उक्त सहयोगबाट जोन्टा क्लब काठमाडौंले दरबार स्कुलमा पुस्तकालय स्थापना गर्नेछ । क्लबले यसको उद्देश्य उच्च गुणस्तरको पुस्तकालय विद्यार्थीको पहुँचमा सुनिश्चित गर्नु रहेको छ । साथै प्रत्येक विद्यार्थीका लागि कर्मचारीद्वारा सञ्चालित गतिशील, राम्रो संसाधनयुक्त पुस्तकालयको स्थापना गर्नु रहेको बताइएको छ । पुस्तकालय उद्घाटन कार्यक्रममा कामनपा वडा नं २७ का अध्यक्ष चिनियाँमान वज्राचार्य, प्रमुख अतिथि मेयर विद्यासुन्दर शाक्य, शिक्षा अधिकारी रामप्रसाद सुवेदी, माया राणा तुफोका प्रायोजक प्रतिनिधि र जोन्टा क्लबका पूर्वअध्यक्ष सिर्जना राणा, जोन्टा क्लबका हालका अध्यक्ष सीमा गोल्छा लगायतको उपस्थिति थियो ।

काठमाडौंका धुलो सफा गर्ने मेरो काम होइन, गर्दिनँः विद्यासुन्दर शाक्य

महानगरको मेयरको कुर्सी कस्तो लाग्यो ?जनताले जिताएर मेयर बनाएका छन्, मेरो दल र मतदाताको शिर निहुरिन दिन्नँ । महानगरको मेयरका जिम्मेवारी धेरै छन्, ती...