काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आर्शीवाद लिएकी छन् । यसैगरी, उनले छोरी–ज्वाईलाई टीका प्रदान गरेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए ।
भक्तपुर । विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् । विजयादशमीको अवसरमा भक्तपुरको तलेजुमा जिवित देवीको रूपमा पुजिँदै आएकी एकान्त कुमारी लुनिभा बज्राचायले सबैभन्दा पहिला साइतको टीका लगाएकी थिइन् । त्यसपछि कुमारीको हातबाट तलेजुका मूल पुजारी, नाइके, जोशी, कर्माचार्य, गुरु तथा पुरोहितले साइतको टीका लगाएको […]
४ कात्तिक, काठमाडौं । पाकिस्तान र इरानबिचका प्रमुख सीमा चौकीहरूबाट हुने व्यापार लगातार चौथो दिन पनि पूर्ण रूपमा बन्द रहेको छ। यसअघि गत अक्टोबर १७ देखि अनिश्चितकालका लागि बन्द गरिएका यी सीमाहरू बन्द हुँदा बलूचिस्तानको …