साउदी अरब र इरानबीच वार्ता, के हो उद्देश्य ?

कट्टर दुश्मन रहिआएका साउदी अरब र इरानका वरिष्ठ अधिकारीहरूबीच पाँच वर्षमा पहिलोपटक प्रत्यक्ष कुराकानी भएको छ ।  यो वार्ता इराकको राजधानी बग्दादमा भएको र सम्बन्ध सुधारका लागि पहल गरिएको बताइएको छ । पश्चिम एसियाका यी महत्त्वपूर्ण मुलुकहरूले पाँच वर्षअघि कूटनीतिक सम्बन्ध तोडेका थिए ।  फाइनान्सियल टाइम्सको समाचारअनुसार, साउदी अरब र इरानबीचको कुराकानीका लागि इराकका प्रधानमन्त्री मुस्तफा अल कदिमीले माहौल मिलाएका हुन् ।  अहिले साउदी अरब यमनमा नराम्ररी फसेको छ र त्यहाँ उसले इरानसमर्थक हूती विद्रोहीको सामना...

सम्बन्धित सामग्री

साउदी–इजरायल मित्रतामा इरानको टाउको दुखाइ किन ?

सम्पूर्ण उद्देश्य तथा व्यवहारका आधारमा हेर्ने हो भने साउदी अरब तथा इजरायल मध्यपूर्वमा इरानको बढ्दो प्रभावविरुद्ध वास्तविक सहयोगीका रूपमा अगाडि आइरहेका छन् । अहिले दुवै देशबीच सम्बन्ध विकसित भइरहेको छ । तर, यो अत्यन्त संवेदनशील मोड हो । दुवै देशबीच सम्बन्धलाई लिएर हरेकपटक यस्तो लाग्छ, केही त विशेष पक