ढिलो गरी शुरू भयो नाडाको मतदान, अध्यक्षका उम्मेदवार चौधरी र थापाले हाले भोट

बिहान ८ बजे शुरू हुने भनिएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको निर्वाचन ढिलो गरी शुरू भएको छ । मतदान तोकेको भन्दा १ घन्टा ३५ मिनेटपछि शुरू भएको छ । अध्यक्षका दुवै प्रत्यासी करण चौधरी र ध्रुव थापाले सबैभन्दा शुरूमा भोट हालेका छन् । बुधवारदेखि शुरू भएको वार्षिक साधारणसभा मार्फत नाडाको नयाँ नेतृत्व चयन हुँदैछ ।