काठमाडौं : प्रहरीले ठूलो मात्रामा ह्विस्की तथा मदिरासहित ४ जनालाई सार्वजनिक गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले भारतबाट राजस्व छली गरेर मदिरा ल्याउने उनीहरूलाई आइतबार सार्वजनिक गरेको हो।पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र बाख्रेल, ३० वर्षका सैलेश पन्त, २८ वर्षका रविन पाख्रिन र ४० वर्षका नारायण प्रसाद घिमिरे रहेका छन्। उनीहरूलाई प्रहरीले माघ १४ गते राति पक्राउ गरेको थियो। उनीहरूको साथबाट करिब २९६ कार्टुन रेड लेबल, ब्ल्याक लेबल, एब्सुलेट भोड्का र चिभास रिगल बरामद ग