राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको निर्माण र विकासका लागि राजनीतिक दलले खेलेको नेतृत्वदायी भूमिकाको सराहना गर्दै यसको रक्षा र पालनाका लागि समेत दलकै इमान्दार प्रयासको आवश्यकता औंल्याएकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ का अवसरमा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित स्वागत समारोहमा उनले संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न हाम्रा प्रयास निरन्तर जारी रहेको बताइन् । यसै क्रममा केही महिनाअघि मात्र स्थानीय तहको निर्वाचन सम्पन्न भएको र निक