पूँजीगत खर्च कमजोरीप्रति अर्थमन्त्रीको चासो

काठमाडौं । पछिल्ला वर्षहरू पूँजीगत बजेटमा बजेटको थोरै अंश छुट्ट्याइए पनि विनियोजित बजेट शतप्रतिशत खर्च नहुने रोग देखिएकोप्रति नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले चासो देखाएका छन् । अर्थ तथा विकासे मन्त्रालयका सचिवहरूसँग पूँजीगत खर्च सम्बन्धमा हालै समीक्षात्मक अन्तरक्रिया गर्दै उनले खर्च नहुनुको कारण खोजेका हुन् । मन्त्री शर्माले मन्त्रालयका सचिवहरूलाई विनियोजित बजेटनुसार पूँजीगत खर्च न्यून हुनु, आर्थिक वर्षको अन्त्यमा गएर खर्च हुने र समाधानका उपायबारे जिज्ञासा राखे । जवाफमा सचिवहरूले कमजोर हुनुको प्रमुख कारण कोभिड महामारी देखाए । त्यस्तै आयोजनामा दक्ष जनशक्तिको अभाव, पर्याप्त पूर्वतयारी नभएका आयोजनामा रकमको निकासा, ठेक्का प्रक्रियामा ढिलाइ, वैदेशिक सहायतामा सञ्चालित आयोजनामा रकमको अनिश्चितता, जग्गा प्राप्तिमा कठिनाइ, उल्लेखीय साना आयोजनामा रकम विनियोजन, आयोजना सञ्चालनका लागि आवश्यक कार्यविधि निर्देशक तथा मापदण्ड तर्जुमामा ढिलाइ र अन्तरमन्त्रालय समन्वयको अभावजस्ता कारणले आफ्नो मन्त्रालयमा विनियोजन भएका पूँजीगत खर्चको लक्ष्य प्राप्त गर्न नसकेको बताएका थिए । अर्थमन्त्री शर्माले जवाफमा सचिवहरूले समस्या बताइसकेकाले उक्त समस्याहरू समाधान गर्न आवश्यक सुझाव नेपाल सरकार, मन्त्रिपरिषद् र अर्थ मन्त्रालयमा पेस गर्न निर्देशन दिएका थिए । शर्माले परम्परागत ढाँचा र शैलीमा गरिने कामले अपेक्षित नजिता प्राप्त हुन नसक्ने बताएका थिए । यसका लागि विकास निर्माणमा रहेका जटिलता र प्रक्रियामुखी कार्यसम्पादनलाई सुधार गर्न कर्मचारीतन्त्रले आफूमा अन्तरनिहित प्रतिभा, क्षमता र अनुभवको आधारमा नवीन सोचका साथ ठोस कार्ययोजना प्रस्तुत गर्नुपर्नेमा शर्माले जोड दिए । अर्थसचिव शिशिरकुमार ढुंगानाले गत आर्थिक वर्ष २०७७/७८ मा खानेपानी मन्त्रालयले ३६ दशमलव ८ प्रतिशत, भौतिक निर्माण तथा यातायात मन्त्रालयले ७५ दशमल ३ प्रतिशत, शहरी विकास मन्त्रालयले ८७ प्रतिशत , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ दशमलव ७९ प्रतिशत र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले पूँजीगत खर्च गरेको जानकारी दिएका थिए । सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेश संसद्मा पेश गरिसकेको छ । यो बजेटलाई संशोधन गरेर पारित गर्ने अर्थ मन्त्रालयको तयारी छ । बजेट पारित भएसँगै कार्यान्वयनले थप तीव्रता पाउने अर्थका अधिकारीहरूको बुझाइ छ ।

सम्बन्धित सामग्री

सिन्धुलीमा विकास निर्माणको पूँजीगत खर्च कम

सिन्धुली । सिन्धुलीमा विकास निर्माणको पूँजीगत खर्च विगतका वर्षको तुलनामा अत्यन्त कम रहेको देखिएको छ । दुई नगरपालिका र सात वटा गाउँपालिका रहेको जिल्लाका स्थानीय तहहरुको विकास निर्माण सम्बन्धी पूँजीगत खर्च अत्यन्त कम रहेको एक तथ्यांकले देखाएको हाे । चालू आर्थिक वर्ष २०७९०/८०को दोश्रो चौमासिक सकिन लाग्दा समेत जिल्लाका स्थानीय तहहरुले यस वर्षका लागि निर्धारित […]

पूँजीगत खर्च ५७.२३ प्रतिशत मात्र, लक्ष्यभन्दा १६२ अर्ब कम

हरेक महिना १० प्रतिशत पूँजीगत खर्च गर्दै शतप्रतिशत लक्ष्य भेट्याउने उद्घोष गरेको वर्तमान सरकारले आर्थिक वर्ष सकिंदा मात्र ५७.२३ प्रतिशत पूँजीगत खर्च गर्न सकेको छ ।

अर्थतन्त्रका संरचनागत संरचनाले पूँजीगत खर्च बढेनः डा रिजाल

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले पूँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उहाँले पूँजीगत खर्च नहुने प्रवृत्तिको अन्त्यका लागि सरोकारवाला एवं सांसद र अर्थ मन्त्रालयलगायतले सार्थक प्रयास गर्नुपर्ने बताउनुभयो । शोधानान्तर घाटामा परेको प्रभावलाई कम गर्न …

पूँजीगत खर्च बढाउनु मेरो पहिलो प्राथमिकता – प्रजिअ परियार

सिमकोट – पहिलो दलित महिला प्रमुख जिल्ला अधिकारी सीता परियारले जिल्लामा पूँजीगत खर्च बढाउनु आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन्। जिल्लाका सञ्चारकर्मीहरुसँगको भेटघाटमा उनले आफ्नो कार्ययोजना सुनाएकी हुन्। जिल्लाका विकासे कार्यालय प्रमुखसँगको भेटमा समेत प्रमुख जिल्ला अधिकारी परियारले पूँजीगत खर्च कसरी वृद्धि गर्न सकिन्छ त्यसतर्फ सोच्न निर्देशन दिएकी थिइन्। पूँजीगत खर्च वृद्धि नभई विकास निर्माणको […]

७ महिनामा पूँजीगत खर्च १६ प्रतिशत मात्रै

१ फागुन, काठमाडौं । चालु आर्थिक वर्षको ७ औं महिना (साउन–माघ) सम्म पूँजीगत खर्च मात्र १६ प्रतिशत पुगेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार माघ २९ सम्म कुल ६० अर्ब ७८ करोड ९६ लाख रुपैयाँ पूँजीगत खर्च भएको छ । यो कुल विनियोजित बजेटको १६.०८ प्रतिशत हो । यो वर्ष सरकारले कुल ३ खर्ब ७८ […]

६ महिनामा झण्डै ३ खर्ब पूँजीगत खर्च गर्ने लक्ष्य

२७ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ मा अर्थमन्त्री जनार्दन शर्माको सबैभन्दा धेरै आलोचना भएको विषय हो पूँजीगत खर्च नहुनु । बजेट ल्याएपछि उनले पूँजीगत खर्च बढाउने दावी गरेकाले पनि यसअघिको पूँजीगत खर्चको प्रवृत्ति फेरिने झिनो अपेक्षा थियो । तर, बिहीबार बजेटको अर्धवाषिर्क समीक्षा प्रस्तुत गर्दैगर्दा उनमा पूँजीगत खर्च बढाउने उत्साह भने देखिएन । […]

विकास निर्माणको गति : ५ महीनामा पूँजीगत खर्च १५ प्रतिशत मात्र

चालू आर्थिक वर्षको पाँच महीना बित्दासमेत विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका पूँजीगत खर्च १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले शुक्रवार आयोजना गरेको विकाससम्बन्धी नीति तथा पूँजीगत खर्च हुन नसक्नुका कारण र समाधानका उपायका सम्बन्धमा छलफल कार्यक्रममा मन्त्रालयले यस्तो जानकारी गराएका हुन् ।      कार्यक्रममा भौातिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पहिलो चौमासिकमा १५ प्रतिशत, दोस्रो चौमासिकमा ३० प्रतिशत...

पाँच महिनामा पूँजीगत खर्च १५ प्रतिशतमात्र

चालु आर्थिक वर्षको पाँच महिना बित्दासमेत विकास निर्माणसँग सम्बन्धित मन्त्रालयका पूँजीगत खर्च १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले आज आयोजना गरेको विकाससम्बन्धी नीति तथा पूँजीगत खर्च हुन नसक्नुका कारण र समाधानका उपायका सम्बन्धमा छलफल कार्यक्रममा मन्त्रालयले यस्तो जानकारी गराएका हुन् । कार्यक्रममा भौातिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले पहिलो चौमासिकमा १५ प्रतिशत, दोस्रो चौमासिकमा ३० प्रतिशत र तेस्रो चौमासिकमा बढी खर्च ह...

यो वर्ष पनि पूँजीगत खर्च परिचालन दयनीय हुने संकेत

काठमाडौं, मंसिर ५ । पूँजीगत खर्च परिचालन यो बर्ष पनि दयनीय हुने संकेत देखिएको छ । चालु आर्थिक बर्षको चार महिना वित्दासमेत संघीय सरकारको पूँजीगत खर्च ५ प्रतिशत पनि पुग्न सकेको छ्र्र्रैन । प्रदेश तहमा त खर्च झन ३ प्रतिशतको हाराहारीमा खुम्चिएको छ । वित्तीय क्षेत्रले यतिखेर तरलताको चरम संकट ब्यहोरिरहेको छ । यसको मुख्य […]

सरकारले यस वर्षपनि पूँजीगत खर्च गर्न सकेन

काठमाडौं। सरकार यसवर्ष पनि पूँजीगत खर्च गर्न चुकेको छ। चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा सरकारले मात्र १ खर्ब ५ अर्ब ७२ करोड ६८ लाख रुपैयाँ पूँजीगत खर्च गरेको छ। यो वर्ष पूँजीगततर्फ ३ खर्ब ५६ अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर, अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने यस वर्ष पूँजीगत खर्च २.४६ प्रतिशतले बढेको छ।