पोखरा-नेकपा (प्रचण्ड, माधव नेपाल समूह) का स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले संसद् पुनस्र्थापना गर्न जस्तोसुकै आन्दोलनको सामना गर्न आफूहरु तयार रहेको बताएका छन् । उक्त समूहले बिहीबार पोखरामा आयोजना गरेको जनवर्गीय संगठनको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले प्रधानमन्त्री केपी ओलीले चालेको कदम असंवैधानिक भएकोले संसद् पुनस्र्थापना गर्न आफूहरु जस्तोसुकै […]