मकवानपुर । थाहा नगरको पर्यटन प्रवर्द्धन गर्नका लागि हेटौँडामा फोटो प्रदर्शनी आयोजना गरिएको छ । उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकामा पर्यटन प्रवर्द्धनका लागि बागमती प्रदेशको राजधानीमा फोटो प्रदर्शनी गरिएको हो । शुक्रबार हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाले प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख लामाले प्रदर्शनीले पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास […]