संसदमा एमसीसी पेश गर्ने सत्ता गठबन्धनको सहमति

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो । एमसीसी परियोजना स्वीकृत गर्न अमेरिकाले नेपाललाई फागुन १६ गतेसम्मको समय दिएको छ ।