मेयरको निर्देशनपछि शिक्षक नेता भन्छन् : ट्रेड युनियनअन्तर्गत संगठित हुन पाइन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले महानगरका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलमा भएको आबद्धता त्याग्न निर्देशन दिएपछि महानगरको शिक्षक नेताले फरक प्रतिक्रिया दिएका छन् । सामुदायिक विद्यालयसँग आबद्ध शिक्षक संघ–संगठनले पार्टीसँग आबद्ध भए पनि आफूहरुले ट्रेड युनियन अधिकारसँग सामेल भएको बताएका छन् । मेयरले जारी गरेको विज्ञप्तिमा सरकारी विद्यालयमा प्रधानाध्यापकदेखि शिक्षक भएका नेपाली […]