नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन गर्न विज्ञ टोली काठमाडौँमा

नेपाल–चीन रेलमार्गको सम्भाव्यता अध्ययन तथा सर्भे गर्नका लागि चीनबाट विज्ञको टोली नेपाल आइपुगेको छ । विज्ञहरूको सो समूहलाई नेपालस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत वाङ छिनले स्वागत गरेका हुन् ।पूर्व परराष्ट्र मन्त्री नारायण खड्काको चीन भ्रमणका बेला रेलमार्ग परियोजनाको एक वर्षभित्र सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको चीनले थियो । यो अध्ययनमा लाग्ने खर्च चीन आफैले व्यहोर्ने पनि बताएको थियो ।विज्ञको टोलीलाई स्वागत गर्दै दूतावासले यसलाई दुई देशका शीर्ष नेतृत्वबीच भएको सहमतिको कार्यान्वयन र

सम्बन्धित सामग्री

धरानमा कोसीको पानी ल्याउन अध्ययन

धरानमा खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि चतराबाट सप्तकोसीको पानी ल्याउन अध्ययन सुरु भएको छ। खानेपानी मन्त्रालयद्वारा नियुक्त परामर्शदाता तथा विज्ञ टोली धरान आएर काम सुरु गरेको हो। टोलीले धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई साम्पाङ, धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक इन्जिनियर राजु पोखरेललगायतको टोलीसँग परामर्श गरी काम थालेको छ। टोलीमा मन्त्रालयले देशका विभिन्न नगरको पूर्वाधार विकासका लागि नियुक्ति गरेका परामर्शदाता नेपाली कम्पनी सिम्याट र भारतीय कन्सल्टेन्ट वेभकसका तर्फबाट परिचालित भारतीय तथा नेपाली प्राविधिक तथा विज्ञ छन्। टोलीले धरानको खानेपानीको दीर्घकालीन समाधानका लागि सप्तकोसीबाट पानी ल्याउन सक्ने सम्भाव्यता अध्ययन, अनुसन्धान र सर्भे सुरु गरेको प्रमुख साम्पाङले बताउनुभयो।