बानेश्वर क्षेत्रमा उच्च सुरक्षा व्यवस्था

काठमाडौं : आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौतामाथि छलफल हुने कार्यसूचीसँगै नयाँ बानेश्वर क्षेत्रमा हुने झडपको सम्भावनाले गर्दा यस क्षेत्रमा बिहानैदेखि उच्च मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ। विभिन्न राजनीतिक दलका कार्यकर्ता र तिनका भ्रातृ संगठनहरूले एमसिसीविरुद्ध प्रदर्शन गर्दै आएका छन्।आज पनि विभिन्न राजनीतिक दलहरूले एमसिसीको विरोधमा विभिन्न प्रदर्शन गर्ने कार्यक्रम राखेका छन्। एमसिसीका विषयमा  सत्तारुढ दलहरुबीच मतभेद छ। नेपाली कांग्रेस एमसीसी अनुमोदन गर्ने पक्षमा

सम्बन्धित सामग्री