कार्यकाल सकेर स्वदेश फर्किए अमेरिकी राजदूत र्यान्डी बेरी

काठमाडौं : चारवर्षे कार्यकाल पूरा गरेर अमेरिकी राजदूत र्‍यान्डी बेरी आइतबार स्वदेश फर्किएका छन्। नामिबियाका लागि नयाँ अमेरिकी राजदूतमा सिफारिश भएसँगै नेपालबाट बेरी स्वदेश फर्किएका हुन्।नेपालबाट फर्कने क्रममा उनले नेपालबाट निकै सद्भाव र सत्कारका पाएको समेत उल्लेख गरेका छन्। उनले नेपालको भविष्यका विषयमा आफू निकै आशावादी रहेको पनि बताएका छन्।उनले भनेका छन्‚ 'मेरो जीवनकथामा एउटा अध्याय नेपाली र अमेरिकीको सम्बन्धको इतिहासको बारेमा पनि समावेश हुने सौभाग्य प्राप्त गरेकोमा अ

सम्बन्धित सामग्री

प्रचण्डलाई भेट्न अमेरिकी राजदूत बेरी खुमलटारमा

काठमाडौँ – नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी खुमलटार पुगेका छन् । प्रचण्ड निवास खुमलटारमा बुधबार बिहान पुगेका राजदूत बेरीले प्रचण्डसँग बिदाइ भेटवार्ता गरेका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । भेटवार्ताका क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरेका छन् । ‘अध्यक्ष प्रचण्ड […]

बेरी नामिबियाको राजदूत प्रस्ताव

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी नामिबियाका लागि राजदूत प्रस्तावित भएका छन् । ह्वाइट हाउसले एक वक्तव्यमार्फत राष्ट्रपति जो बाइडेनले यसबारे निर्णय लिएको जानकारी दिएको हो । बेरीले सन् २०१८ को अक्टोबर २५ मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका थिए ।बेरीको स्थानमा डिन आर थोम्सन नेपालका लागि नयाँ राजदूत बन्ने गत मार्च २९ मा नै निर्णय भइसकेको छ । थोम्सन यसअघि क्वालम्पुरमा रहेको अमेरिकी राजदूतावासमा डेप्युटी चिफ अफ मिसन रहेका थिए । उनले रोमानिया र भारतमा पनि काम गरिसकेक

नेपालमा कार्यरत अमेरिकी राजदूत र्यान्डी बेरी नामिबियाकाे राजदूत नियुक्त

काठमाडौं : अमेरिकाले हाल नेपालका लागि अमेरिकी राजदूत रहेका र्‍यान्डी बेरीलाई नामिबियाका लागि राजदूत नियुक्त गरेको छ।अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइटहाउसले उनलाई नामिबियाका लागि राजदूत नियुक्त गरेको हो। हाल नेपालको नियोग उपप्रमुख रहेका म्यानुअल पी माइकललाई पनि अमेरिकाले ताजिकिस्तानका लागि राजदूत नियुक्त गरेको छ।यो निर्णयसँगै अब नेपालबाट राजदूत बेरी र नियोग उपप्रमुख रहेका माइकल दुवै फिर्ता जाने भएका छन्। अमेरिकाले यसअघि नै नेपालका लागि आगामी राजदूतमा

माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् । सहायक विदेशमन्त्री लुले बिहीबार प्रचण्ड निवास खुमलटारमा दाहालसँग शिष्टाचार भेट गरेका हुन् । भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी पनि सहभागी थिए ।आजै विदेशमन्त्री लुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गर्नुभएको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी दिएको छ ।भेटवार्तामा नेपाल र अमेरि