काठमाडौं। नेपाली काँग्रेसका नवनिर्वाचित सहमहामन्त्री जीवन परियारले एमालेको सहमतिमा नै एमसीसी पास गराउने बताउनु भएको छ। पोखरामा आयोजित नेपाल प्रेस युनियनको कार्यक्रममा उनले एमसीसीमा राष्ट्रका लागि अहित हुने कुनै पनि विषय भए त्यसलाई हटाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन्। यसका साथै एमसीसीको बारेमा सत्तारुढ दलहरुलाई एकढिक्का बनाएर आफ्नो पार्टीले लैजाने बताए।