बागमती प्रदेशले गरेको स्वास्थ्यका चार कर्मचारीको बढुवा तत्काल कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

संघको निजामती सेवा ऐनसँग बाझिने गरी बागमती प्रदेशले गरेको प्रदेश स्वास्थ्य सेवाका चारजना कर्मचारीको बढुवा तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटन हेटौंडा इजलासले  अन्तरिम आदेश दिएको छ।