लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कूलप्रसाद केसीले बिहीवार पदभार ग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्री केसीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
प्रदेश प्रमुख अमिक शेरचनले तोकेको समयसीमाभित्र मुख्यमन्त्रीका लागि केसीको एकल दाबी परेपछि उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।
नवनियुक्त मुख्यमन्त्री केसीले ६ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् ७ सदस्यीय बनाएका छन् ।