काठमाण्डाै - किसानले सुन्तला टिप्न सुरु गरेका छन् । कात्तिक पहिलो हप्तादेखि नै स्वदेशी सुन्तला बजारमा भित्रिन थालेको छ । अहिलेदेखि टिप्न सुरु भएको सुन्तला पुस/माघसम्म बजारमा कारोबार हुन्छ । सुन्तला तथा सुन्तला जातका फलफूलको खेति तथा गुणस्तर र उचित भण्डारणमा ध्यान दिन सके राम्रै आम्दानी गर्न सकिने वरिष्ठ कृषि अधिकृत माधव लम्सालले बताउनुभयो ।
सुन्तला जातका फलमा सुन्तला, जुनार, कागती, निबुवा, मौसमलगायत पर्छन् । अझ देशबाहिर निर्यात गर्न सके किसानलाई खेतीमा उत्साह र उत्पादनबाट उचित नाफा पनि हुन्छ । सुन्तला सुपर जोन रहेको ...