भारतमा किसान आन्दोलन स्थगित, शनिबारदेखि प्रदर्शन स्थल खाली गर्ने

२३ मंसिर, काठमाडौं । भारतमा एक वर्षभन्दा बढी समयदेखि जारी किसान आन्दोलन स्थगित भएको छ । बिहीबार संयुक्त किसान मोर्चाले आन्दोलन स्थगित गर्ने निर्णय गरेको भारतीय सञ्‍चारमाध्‍यमहरुले जनाएका छन् । भारतीय किसान युनियनका नेता जोगिन्दर उग्रहनले आन्दोलन स्थगित गरिएको जानकारी गराएका हुन् । सरकारले प्रस्तावसहितको एक पत्र पठाएपछि किसान आन्दोलन स्थगित गरिएको उनको भनाइ छ […]