काठमाडौं : पछिल्लो समय आत्महत्याको दर बढ्न थालेको छ। केही दिन अगाडि अभिनेता सारुक ताम्राकारले झुण्डिएर आत्महत्या गरे। यद्यपि, उनको आत्महत्याको कारण खुलिसकेको छैन।यस्तै, चर्चित डान्सर तथा कोरियोग्राफर सुशान्त खत्रीले आफू बाँच्नै नसक्ने अवस्थामा पुगेको बताए। शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू एक वर्षदेखि डिप्रेसनको शिकार भएको र अब बाँच्नै नसक्ने अवस्थामा पुगेको बताएका हुन्।आत्महत्या गरेका कलाकार सारुक ताम्राकारलाई श्रद्धाञ्जलि दिँदै उनले अर्को कलाकारलाई पनि गुमाउन लागेको भन्द