बझाङमा डेढ महिनादेखि बिजुली आपूर्ति ठप्प : सञ्चार सम्पर्कविच्छेद, कलकारखाना बन्द

बझाङ - बाढीले क्षति पुर्याएका विद्युतका आयोजनाकाे मर्मत नहुँदा बझाङका गाउँ डेढ महिनादेखि अन्धकार बनेका छन् । खप्तडछान्ना गाउँपालिका-१ का गोठखोला, खातिगाउँ, मायापाटा, डाँडागाउँ र खेदावाडागाउँ बिजुली नहुँदा डेढ महिनादेखि अन्धकार बनेका हुन् । गएको कार्तिक १ गते जडारीगाड खोलामा आएको बाढीले २१ किलोवाट क्षमताको लघु जलविद्युत् आयोजनाको नहर, विद्युत् गृह र पोल बगाएपछि २ सय ६५ परिवार अन्धकारमा बस्न बाध्य भएका हुन् । आयोजना २०६५ सालमा डेढ करोड रुपैयाँभन्दा बढीको लागतमा निर्माण गरिएको थियो । त्यस्तै जडारीगाड...