हेटाैँडा उपमहानगरकाे कार्यपालिका बैठक एमालेद्वारा बहिष्कार

हेटौँडा : हेटौँडा उपमहानगरपालिकामा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएदेखि नै विवाद सुरु भएको छ।तीन दशक लामो नेकपा एमालेको विरासत ढाल्दै उपमहानगरको नेतृत्वमा समाजवादी र कांग्रेसले कब्जा जमाएपछि कार्यपालिकामा विवाद सुरु भएकाे हो।यसअघि उपमहानगरपालिकाको पहिलो कार्यपालिका बैठक बहिष्कार गरेको नेकपा एमालेले मंगलबार पुनः बहिष्कार गरेको छ। एमालेले कार्यपालिका बैठक सञ्चालन कार्यविधिका केही बुँदा संशोधन गर्नुपर्ने माग राख्दा गठबन्धनबाट विजयी जनप्रतिनिधिले अस्वीकार गरेपछि बैठक बहिष्कार गरिएकाे हो।म