सुकेटार विमानस्थलमा आजदेखि नियमित उडान शुरु

असार २१, ताप्लेजुङ  । ताप्लेजुङ जिल्लाको सुकेटार विमास्थलमा नेपाल वायु सेवा निगमले आज (सोमवार) देखि नियमित उडान शुरु गरेको छ । कोभिड-१९ महामारीका कारणले नियमित उडान दुई महीना बन्द भएको थियो ।  सोमवार काठमाडौंबाट ९ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको सुकेटार विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । १२ मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौंमै फर्किएको जानकारी दिइएको छ ।  ताप्लेजुङबाट १२ जना  यात्रु काठमाडौं जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुगेका थिए । मौसमका कारणले विमान अवतरण हुन नसक्दा पूर्न फुङ्लिङ फर्कीएको लिम्बूले बताए । सुकेटारमा  हप्तामा चार दिन (सोमवार, बुधवार, शुक्रवार र शनिवार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जानकारी दिएको छ ।  तत्कालका लागि काठमाडौंदेखि ताप्लेजुङसम्म रू. सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौं रू. सात हजार १९० भाडा शुल्क तोकिएको सुकेटार विमानस्थल कार्यालयले जानकारी दिएको छ । निगमले ताप्लेजुङदेखि विराटनगरमा पनि नियमित उडानका लागि प्रक्रिया अगाडि बढाइरहेको बताइएको छ । रासस  

सम्बन्धित सामग्री

हप्ताको चार दिन ताप्लेजुङको सुकेटार विमानस्थल सञ्चालनमा

काठमाडौं। कोभिडको कारण दुई महिनादेखि नियमित उडान बन्द भएको ताप्लेजुङको सुकेटार विमानस्थल सञ्चालनमा आएको छ। आज विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको हो। हवाईजहाजले ताप्लेजुङबाट १६ जना यात्रु काठमाडौं लिएर आएको छ। निगमले गत सोमबारदेखि नै नियमित उडान सुरु गरेको थियो। सुकेटारमा हप्ताको चार दिन सोमबार, बुधबार, शुक्रबार र शनिबार नियमित उडान हुने सुकेटर विमानस्थल कार्यालयले जनाएको छ।