सिरहामा डेङ्गु देखिएपछि जनचेतना फैलाउँदै स्वास्थ्यकर्मी

सिरहाको गोलबजार नगरपालिकामा २ जना डेङ्गु प्रभावित विरामी फेला परेपछि जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरु डेङ्गु फैलाउने लामखुट्टे नियन्त्रणको लागि जनताको घरघरमा पुग्नु थालेका छन । गोलबजार नगरपालिका– ६ का दुई जना पुरुषमा डेङ्गुको जीवाणु भेटेको नगर स्वास्थ शाखा प्रमुख सरोज कर्णले जनाएका छन् । डेङ्गु सार्ने लामखुट्टे घर आसपासमै राखिने गमला, फूलदानी, एयर कण्डिसन, कुलर, पानी ट्यांकी, फालिएका प्लास्टिकका भाँडा र पुराना टायरहरूमा जमेको सफा पानीमा बस्ने भएकाले नियन्त्रणका उपायहरु बताउँदै कर्मचा