उपत्यकामा सार्वजनिक यातायात सञ्चालन हुँदा चहलपहल बढ्यो

 असार १५, काठमाडौं । दुई महीनापछि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा आजदेखि सञ्चालन हुन थालेको छ । वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोना भाइरसबाट बच्न निषेधाज्ञा जारी गरिएसँगै सार्वजनिक यातायात बन्द भएको थियो ।      काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमवारको बैठकले मंगलवारदेखि जोर बिजोर प्रणालीमा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो । निर्णयबमोजिम मंगलवार उपत्यकामा बिजोर नम्बरका सवारी सञ्चालन भएसँगै चहलपहल केही बढेको छ ।      निषेधाज्ञा जारी भएसँगै उपत्यकाबाहिर गएका यातायात मजदूरका कारण सबै यातायात भने चल्न सकेका छैनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने २५ भन्दा बढी सिट क्षमताका जोर बिजोर प्रणालीबाट सवारी चलाउँदा भीड बढेर कोरोना सङ्क्रमण बढ्ने खतरा रहेको भन्दै सबै यातायात खुला गरिनुपर्ने माग गरेको छ । दुई महीनादेखि यातायात सञ्चालन बन्द हुँदा सबै मजदूरलाई बिहान बेलुकाको छाक टार्नसमेत समस्या रहेको भन्दै महासंघले उपत्यका बाहिरका सवारी पनि खुलाउनुपर्ने माग गरेको हो ।      महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य सोमवारको निर्णयले विभेद गरेको भन्दै यसलाई सच्याउन माग गरिएको बताउँछन् । विसं २०६९ देखि नै सार्वजनिक यातायातको भाडा नबढाइएकाले भाडा समायोजन गर्नसमेत महासंघले माग गर्दै आएको छ । डिजेलको भाउ ९५ रुपैयाँ हुँदा तोकिएको भाडा भाउ बढेर १०९ रुपैयाँ पुग्दासमेत समायोजन हुन नसकेकाले यससम्बन्धी गृहकार्य थाल्न आग्रह गरिएको उनले बताए । रासस  

सम्बन्धित सामग्री

सार्वजनिक यातायात सञ्चालन नहुँदा सास्ती

काठमाडौँ,२३ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिड्नुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल यात्रा गर्नुपरेको हो । यस्तै चाँगुनारायण–३, झौखेलका नागरिकलाई पनि सार्वजनिक यातायात प्रयोगका लागि भक्तपुर नगरको व्यासीसम्म पैदल आउनुपर्ने बाध्यता छ । काठमाडौँ उपत्यकामा रहेको र […]

सार्वजनिक यातायात सञ्चालन नहुँदा सास्ती

भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङका नागरिकलाई कार्यालय जान होस या व्यक्तिगत कामको लागि कतै जान परे भत्केपाटीसम्म पैदल हिड्नुपर्छ । सार्वजनिक यातायात सञ्चालन नहुँदा छालिङका नागरिकलाई भत्केपाटीसम्मको पैदल यात्रा गर्नुपरेको हो । यस्तै चाँगुनारायण–३, झौखेलका नागरिकलाई पनि सार्वजनिक यातायात प्रयोगका लागि भक्तपुर नगरको व्यासीसम्म पैदल आउनुपर्ने बाध्यता छ । काठमाडौँ उपत्यकामा रहेको र राजधानीसँग जोडिएको नगरपालिका […]

भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने

काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो । शुक्रबार आदेश जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो । काठमाडौंका प्रमुख जिल्ला […] The post भोलीदेखी लामो दुरीका सार्वजनिक यातायात सञ्चालन हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी

यातायात व्यवसायीले सरकारले अनुमति नदिएपनि शुक्रबार (असार १८) देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन्। सरकारले गत वैशाख १६ देखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइरहेको छ। उपत्यकाका तीनवटै प्रशासन कार्यालयले असार १५ गतेदेखि २५ र सोभन्दा बढी सिट क्षमताका सार्वजनिक यातायात जोर–बिजोर प्रणालीमा चलाउने अनुमति दिएको छ। तर व्यवसायीले सबै खालका सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग गरिरहेका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सि

आजदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने

आजदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने भएको छ । सोमबार बिहान बसेको उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा विगतको भन्दा केही खुकुलो बनाउँदै जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । आजबाट काठमाडौं उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यातायात सञ्चालन हुनेछन् । सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने र सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्

प्रशासनको आदेश अवज्ञा गर्दै सार्वजनिक यातायात सञ्चालन गर्ने व्यवसायीको घोषणा

काठमाडौँ । यातायात व्यवसायी र मजदुरहरुले प्रशासनको आदेश अवज्ञा गर्दै सार्वजनिक यातायात सञ्चालन गन घोषणा गरेको छ । व्यवसायी र मजदुरका चार संगठनहरुले असार १८ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने निर्णय गरेको हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायत मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त […]