काठमाडौँ – आमनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि नै पहिलो दलको रुपमा देखापरेको नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री बन्नका लागि दौडधुप थालेका छन्। ४ मंसिरमा भएको निर्वाचनको प्रत्यक्षतर्फकै मतपरिणाम आइसकेको छैन। तर, कांग्रेस नेताको भने प्रधानमन्त्री बन्न दलीय सहमतिका लागि दौडधुप थालेका छन्। कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शशांक कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेलसहितका नेता […]