१४० मेगावाटको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजना : प्याकेज दुईको काम ५५ प्रतिशत सकियो

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईअन्तर्गतको काम ५५ प्रतिशत सम्पन्न भएको छ ।  हालसम्म उक्त प्याकेजमा ६ अर्ब ३९ करोड ७० लाख ५६ हजार रुपैयाँ खर्च भएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।  प्याकेज २ निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग २०७५ साल असोज १५ मा ३ अर्ब ८३ करोड १३ लाख ६० हजार रुपैयाँमा खरीद सम्झौता भएपछि २०७५ माघ ६ देखि निर्माण शुरू गरेको थियो । आयोजनाका अनुसार ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह खन्ने काम असार १० मा सम्पन्न भएको छ । “मङ्सिर मसान्तसम्म यस कार्यअन्तर्गतका सम्पूर्ण विद्युत्गृह खन्ने काम सम्पन्न भई कङ्क्रिटको काम पनि सम्पन्न भइसकेका छन्”, श्रेष्ठले भने ।  आयोजनाको १ हजार चार सय ५६ दशमलव नौ मिटर लामो मुख्य सुरुङ २०७८ साल कात्तिकदेखि खन्न शुरू गरेकोमा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर काम सकिएको छ । दुई सय १० दशमलव नौ मिटर टेलरेस सुरुङको २०७७ फागुन २९ देखि काम शुरू गरिएको थियो । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्यअन्तर्गत पेनस्टक जडानको काम पनि सकिएको छ । प्याकेज १ अन्तर्गत हेडवक्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ मा रू २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरीद सम्झौता भएको थियो ।  यसअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ १ र २ को काम जारी रहेको आयोजनाले जनाएको छ । “डाइभर्सन सुरुङ १ अन्तर्गत इनलेट र आउलेट दुवैतर्फबाट खन्ने काम भइरहेको छ भने मङ्सिर मसान्तसम्म तीन सय ४१ मिटर खनिसकिएको छ”, श्रेष्ठले भने ।  सुरुङ २ को इनलेट र आउटलेटको हालसम्म तीन सय ६० मिटर निर्माण सकिएको छ भने बाँधको माथिल्लो भागको स्लोप अन्तर्गत चार सय ८० मिटर निर्माण सकिएको जनाइएको छ । बाँधको दायाँ तर्फको माथिल्लो भागको स्लोप अन्तर्गत चार सय ७० मिटर काम सकिएको आयोजनाले जनाएको छ ।  प्याकेज एक २०८३ साल जेठ १७ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसअन्तर्गत हालसम्म २ अर्ब २३ करोड ६८ लाख ४३ हजार रुपैयाँ खर्च भइसकेको छ । आयोजनाका अनुसार भौतिक प्रगति १२ दशमलव ६८ र वित्तीय प्रगति ११ दशमलव ६७ प्रतिशत छ । प्याकेज २ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ ओटा टावरको जग निर्माण सकिएको आयोजनाले जनाएको छ । ३४ दशमलव सात किमी प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ । सन् २०२२ मेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएपनि कोभिड महामारी तथा वन क्षेत्रको रुख कटानमा मन्त्रालयबाट ढिलागरी स्वीकृती प्राप्त भएकाले सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थपिएको छ ।  प्याकेज २ अन्तर्गत हालसम्म भौतिक प्रगति ५५ दशमलव शुन्य छ र वित्तीय प्रगति ५३ दशमव शुन्य चार प्रतिशत रहेको आयोजनाले जनाएको छ । रासस

सम्बन्धित सामग्री

तनहुँ जलविद्युत् आयोजना: ठाडो सुरुङमा पेनस्टक पाइप जडान हुँदै

दमौली, १ जेठ । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा पेनस्टक पाइप जडान सुरु गरिएको छ । आयोजनाको चरण दुई अन्तर्गत ‘हाइड्रोमेकानिकल’ कार्यअन्तर्गत ठाडो सुरुङमा पेनस्टक पाइप जडान सुरु गरिएको हो । ठाडो सुरुङमा जडान गर्नुपर्ने एक सय ५५ मिटर पेनस्टक पाइपमध्ये पाँच मिटर जडान गरिएको आयोजना प्रमुख […]

तनहुँ जलविद्युत् आयोजना: धमाधम टावर जडान गरिँदै

दमौली, २५ वैशाख । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि ३२ टावर जडान भएका छन् । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रसारण लाइन निर्माणका लागि ती टावर जडान गरिएको हो । हालसम्म ५१ टावरको जग हाल्ने काम सकिएको आयोजनाका इन्जिनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । […]

तनहुँ जलविद्युत् आयोजना : ३४ प्रतिशत प्रगति

काठमाडौँ, २१ फागुन । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३४ प्रतिशत पुगेको छ । तीन चरणमा काम भइरहेको आयोजनाको हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रबद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यस अवधिमा रू […]

तनहुँ जलविद्युत् आयोजना : ५६० मिटर सुरुङ निर्माण

तनहुँ – तनहुँ जलविद्युत् आयोजनाको पावर हाउसतर्फ पाँच सय ६० मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ।कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमध्ये हालसम्म उक्त सुरुङ निर्माण गरेको हो। पावर हाउसअन्तर्गत सुरुङ निर्माण कार्यमा चार सय पचहत्तर जना जनशक्ति परिचालन गरिएको सेफ्टी हेल्थ एण्ड वातावरण शाखाका प्रतिनिधी सन्तोष तिवारीले जानकारी दिए।डयाम साइडबाट […]

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन विस्तार कार्य तीव्र

चैत १४, तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले प्रसारण लाइन विस्तार कार्य तीव्र रुपमा अघि बढाएको छ ।  तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित १४० मेगावाट विद्युत् उत्पादनको लागि निर्माणधीन उक्त आयोजनाले २० ओटा टावर निर्माण गरिसकेको छ ।  दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइनको ९४ टावरमध्ये ४१ ओटाको जग निर्माण गरी २० टावर गाड्ने काम सम्पन्न गरेको हो ।  आयोजनाको मुख्य काम तीन प्याकेजमा विभाजन गरी निर्माण अघि बढाइएको आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए ।   आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्गदा कर्पोरेशन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक संरचना, बाँध रहने स्थानको माथिल्लो भाग पुग्ने पहुँच सडक निर्माण कार्य भइरहेको उनले बताए ।  सिनो हाइड्रो कर्पोरेशन, चीनले आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत दोस्रो प्याकेजको निर्माण गरिरहेको छ भने भूमिगत विद्युत गृह खन्ने काम अन्तिम चरणमा पुगेको छ । एक हजार ४१८ मिटर लामो मुख्य सुरुङ खन्ने कार्य भइरहेको छ । उनले भने, ‘अहिलेसम्म करीब ३०० मिटर मुख्य सुरुङ खनिएको छ ।’ केइसी इन्टरनेशनल, भारतले आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ । आयोजनाले ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत तनहुँमा विद्युतीकरणको कार्य पनि गरिरहेको छ । आयोजनाको समग्र निर्माण विसं २०८३ असार जेठभित्र सक्ने लक्ष्य राखिएको छ ।  कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत गरी रू. ५० करोड ५० लाख अमेरिकी डलरमा एडीबीको रू. १५ करोड रहेको छ ।  जापान अन्तरराष्ट्रिय सहयोग नियोग जाइकाले रू. १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले रू. आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले रू. आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ । रासस

तनहुँ जलविद्युत् आयोजना निरीक्षण गर्दै मन्त्री भुसाल

दमौली, १३ मङ्सिर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सोमबार तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको बाँधस्थल निरीक्षण गर्दै ।-तस्वीर : कृष्ण न्यौपाने-रासस

तस्वीर : जोखिममा रहेको तनहुँ जलविद्युत् आयोजना

ऋषिङगाउँपालिका–१ झापुटारस्थित तनहुँ जलविद्युत् आयोजना आसपास क्षेत्रमा सेतीनदीले कटान गरेको दृश्य । १४० मेगावाट क्षमताको उक्त आयोजना तीन दिनदेखि परेको अविरल वर्षाका कारण आयोजना क्षेत्र जोखिममा परेको हो । तस्वीर : रासस

तनहुँ जलविद्युत् आयोजना प्रभावितका छोराछोरीलाई छात्रवृत्ति प्रदान

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले प्रभावित व्यक्तिका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ । आयोजनाले सामाजिक उत्तरदायित्व बहनअन्तर्गत स्थानीय वडामा रहेको शुक्ला माध्यमिक विद्यालयबाट छात्रवृत्ति वितरण शुरूआत गरेको हो ।  आयोजनाले विद्यालयमा अध्ययनरत १० विद्यार्थीलाई १ लाख ७ हजार रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरेको सहनिर्देशक भोला शर्माले जानकारी दिए । उनका अनुसार प्रतिविद्यार्थी १० हजार ७०० रुपैयाँका दरले छात्रवृत्ति प्रदान गरिएको छ । आयोजनाबाट प्...