काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङ र नुवाकोटको सिमानास्थित कोल्पुखोला पुल क्षतिग्रस्त भएको छ । यो पुल गल्छी–त्रिशूली–मैलुङ सडकखण्डअन्तर्गत धादिङ, नुवाकोट हुँदै रसुवा जाने मुख्य सडकमा पर्छ । यहाँ नयाँ र पुरानो गरेर २ वटा पक्की पुल छन् । त्रिशूलीमा आएको बाढीले पुरानो पुल ढल्किएको छ । नयाँ पुलमा बाढीको […]
काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार राष्ट्रिय सभागृह परिसरमा उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया चलिरहँदा काठमाडौँमा भारी वर्षा भएको छ । एक्कासि परेको पानीका कारण सभागृह पुगेका नेता, कार्यकर्ता तथा महाधिवेशन प्रतिनिधि प्रभावित बनेका छन् । पानी पर्न थालेपछि परिसरमा उपस्थित उम्मेदवार र तिनका समर्थक ओत खोज्न सभागृहको हल र त्रिपाल खोज्न […]
काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले बढेर २ हजार ५७८.७३ अंकमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २ अंकले बढेर ४६१.८६ अंकमा पुगेको छ। फ्लोट परिसूचक ०.८२ अंकले बढेर १७७.७१ अंक तथा सेन्सेटिभ फ्लोट परिसूचक ०.७५ अंकले बढेर १५५.८४ अंकमा पुगेको छ। […]
काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत लाग्ने प्रसारण शुल्क अर्थात् ‘ह्वीलिङ चार्ज’ निर्धारण गरिएको छ। यससँगै विद्युत् उत्पादनमा केन्द्रित निजी क्षेत्रलाई प्रसारण प्रणाली प्रयोग गर्दै वैकल्पिक बजारमा विद्युत् कारोबार गर्ने दिशामा नियामकीय आधार तयार भएको छ। विद्युत् नियमन आयोगले ‘राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणनासम्बन्धी मापदण्ड, २०८३’ जारी गर्दै […]
नेपाली कांग्रेसको १५औं महाधिवेशनमा उम्मेदवारी दर्ताको चटारो चलिरहँदा एक्कासी परेको भीषण वर्षाले राष्ट्रिय सभागृह परिसरमा रहेका नेता तथा कार्यकर्ता निथुक्कै भिजेका छन्।