हिलाम्य सडकका कारण स्थानीयवासीलाई सास्ती

भोजपुर– यहाँका ग्रामीण भेगका कच्ची सडक हिलाम्य हुँदा दसैँ मान्न आउने मानिससँगै स्थानीयवासीलाई सास्ती भएको छ । चाडवाड मान्नका लागि भित्रिने मानिसको चाप बढे पनि गाउँगाउँसम्म पुग्न भने समस्या भएको हो । सडकका कारण स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत समस्या छ ।  वर्षाका कारण यहाँका अधिकांश स्थानीय तहको सदरमुकामसम्मको यातायात सेवा बन्द छ । […]