नासोङको सेवा प्रवाह पुनः धारापानीबाट

हिमाली जिल्ला मनाङको नासोङ गाउँपालिकाले पुनः धारापानीबाटै सेवा प्रवाह सुरु गरेको छ । बाढीपहिरोको प्रभावसँगै करिब दुई महिनापछि गाउँपालिकाले आफ्नो सेवा प्रवाह पुनः नासोङ–३, धारापानीबाट सुरु गरेको हो ।अविरल वर्षासँगै मस्र्याङ्दी नदीमा आएको बाढीका कारण गाउँपालिकाको प्रशासकीय भवन नै बगाएपछि छिमेकी जिल्ला लमजुङको सदरमुकाम बेसीसहरमा सम्पर्क कार्यालय स्थापना गरी सेवा प्रवाह सुरु गरेको थियो । […]