पोखरा महानगरपालिकामा मतान्तर बढाउँदै धनराज आचार्य

कास्की - पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ । उहाँले अहिलेसम्म ८ हजार ५ सय ६३ मत प्राप्त गर्नु भएको छ । एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ७ हजार २ सय ७८  मत ल्याउनु भएको छ ।  यस्तै उपमेयर कांग्रेसकी कोपिला रानाभाटले ८ हजार ८ सय ७६ मत ल्याउँदा एमालेकी मञ्जुदेवि गुरुङले ८ हजार २ सय ७१ मत पाउनु भएको छ ।  

सम्बन्धित सामग्री

पोखरा महानगर र कोइकाबीच रोजगारी सिर्जना परियोजनामा हस्ताक्षर

पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)बीच पोखरामा ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’मार्फत हरित रोजगारी सिर्जना परियोजनासम्बन्धी प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको छ । पोखरा महानगरपालिका र कोइकाबीचको समझदारीलाई बलियो बनाउँदै रोजगारी सिर्जनामा सघाउने उद्देश्यले पारस्परिक प्रतिबद्धतापत्रमा आज महानगरको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युनयङ्ग लीले हस्ताक्षर गर्नुभएको छ । यसअघि समेत कोइका र महानगरपालिकाबीच …

पोखरालाई पर्यटक राजधानी बनाउने अभियान जारी : पोखरा महानगरपालिका प्रमुख आचार्य

-धनराज आचार्य प्रमुख, पोखरा महानगरपालिका सामाजिक क्षेत्रमा समेत आफ्नो सफल पहिचान बनाउनु भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पोखरालाई मुलुककै पर्यटकीय शहर बनाउने प्रण गर्नुभएको छ । तर, उहाँले निर्वाचनमा व्यक्त गरेको प्रतिवद्धता भने पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेको छैन । नेकपा एकीकृत समाजवादीको तर्फबाट प्रमुखमा मैदानमा उत्रनु भएका उहाँ अहिले पोखरालाई अझै व्यवस्थित शहर […]

पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन गरिने

पोखराको एकीकृत पर्यटकीय परियोजनाको सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि बुधबार पोखरा महानगरपालिका, नगर विकास कोष काठमाडौँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काठमाडौँबीच समझदारी पत्रमा हस्ताक्षर भएको महानगरका वरिष्ठ प्रशासकीय अधिकृत किरणप्रसाद कोइरालाले जानकारी दिनुभयो । समझदारीपत्रमा महानगर प्रमुख धनराज आचार्य, कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण […]

पोखरा महानगरपालिका : अण्डरग्राउण्ड व्यवसाय हटाएर पार्किङ सुरु

पर्वत : काठमाडौं महानगरपालिकाले ‘अन्डरग्राउण्ड’ लाई ‘पार्किङ’ बनाउने अभियान चलाइरहेका बेला त्यो अभियानले काठमाडौँ उपत्यका बाहिरका शहरमा पनि स्थान पायो। स्वतन्त्र रूपमा निर्वाचित जनप्रतिनिधिले धमाधम काम गर्दा राजनीतिक दलबाट निर्वाचित भएकाहरूलाई दबाबमा राख्यो। काठमाडौं जस्तै कास्कीको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि अन्डरग्राउण्डलाई ‘पार्किङ’ बनाउने अभियानमा लागिरहेका छन्। पोखरा महानगरपालिकाले गत भदौ १३ गते सूचना प्रकाशन गरेर ‘अण्डरग्

‘अन्डरग्राउण्ड’मा रहेका व्यवसाय हटाएर ‘पार्किङ’ बनाउँदै पोखरा महानगरपालिका

पर्वत : काठमाण्डौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले ‘अन्डरग्राउन्ड’मा ‘पार्किङ’ नै बनाउने अभियान चलाइरहेका बेला उनको अभियानले देशका अन्य सहरमा पनि प्राथमिकता पाउँदै गएको छ।‘बेसमेन्ट’लाई ‘पार्किङ’कै रूपमा प्रयोग गरेर सडक जाम खुलाउन यो अभियान कास्कीको पोखरा महानगरपालिकाले पनि लागू गर्न लागेको छ।बालेनको कामले देशैभर वाहवाही पाइरहेको बेलामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पनि ‘बेसमेन्ट’ मा रहेका पसल हटाई उक्त ठा

२६० भूमिहीनलाई जग्गाधनी पुर्जाको निस्सा प्रदान

पर्वत : कास्कीको पोखरा महानगरपालिका–३२ का दुई सय ६० भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जाको निस्सा वितरण गरिएको छ।पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोख्रेलले संयुक्त रूपमा उनीहरूलाई निस्सा वितरण गरेका हुन्।निस्सा वितरण गर्दै प्रमुख आचार्यले पोखरा महानगरपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाको मालिक बनाउने प्रक्रियाको सुरुवात भएको बताए।संवैधानिक व्यवस्था अनुस

कोरियाका सांसद र पोखरा महानगरपालिका प्रमुखबीच भेटघाट

पर्वत : कास्कीको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र दक्षिण कोरिया राष्ट्रियसभाका सदस्यहरूको टोलीबीच शिष्टाचार भेट भएको छ।पाँच सदस्यीय टोलीमा डेमोक्रेटिक पार्टी अफ कोरियाको तर्फबाट राष्ट्रियसभा सदस्यहरू साङ्ग हेन ली, ह्याक योङ्ग ली र ब्योङ्ग जो किम तथा पिपुल पावर पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्य ब्योङ्ग गिल एन र राष्ट्रिय सभाका एक अधिकारी होङ्गगेट को को सहभागी भएका थिए।भेटवार्ताका क्रममा पोखराको फोहोरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा ग्रीन ट्रन्सपोर्टेसनलगायतका विषयमा छलफ

शिक्षा क्षेत्रमा सुधार सँगसँगै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ : धनराज आचार्य

पोखरा– पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दक्ष जनशक्ति उत्पादनका लागि शैक्षिक गुणस्तर अभिवृद्धि हुनुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपालिका–१६, बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको हीरक जयन्तीअन्तर्गत पुरस्कार वितरण, सम्मान तथा बिदाइ कार्यक्रमको उद्घाटन समारोहमा उनले राज्यको ठूलो लगानी शिक्षा क्षेत्रमा रहेकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्बद्ध सबैको सामूहिक प्रयास आवश्यक हुने बताए । दक्ष […]

भौतिक रूपमा पनि धनी पोखरा महानगर प्रमुख धनराज, सम्पत्ति कति?

पर्वत : पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य नाममा मात्र नभई भौतिक रूपमा पनि धनराज रहेको देखिएको छ। हालै उनले सार्वजनिक गरेको सम्पत्ति विवरणबाट यो तथ्य खुलेको हो।हालै उनले सार्वजनिक गरेको विवरणमा पाँच तोला हिरा, ५४ तोला सुन, ३८ तोला चाँदी र १५ लाख रुपैयाँ नगद रहेको उल्लेख छ। धनराजकी श्रीमती पुष्पाकुमारी पौडेल आचार्यको नाममा पोखरा महानगरपालिका–९ मा दुई सय ८९ वर्ग मिटर क्षेत्रफल रहेको जग्गामा करिब नौ करोड २५ लाख मूल्यका दुई घर  छन्।पुष्पाकै नाममा काठमाडौँको सितापाइलामा करिब एक

एकीकृत समाजवादीबाट पोखरा महानगरको मेयरमा धनराज आचार्य

कास्की – नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरको उमेद्वारमा धनराज आचार्यको नाम  टुङ्गो लगाएको छ । समाजवादीको शुक्रबार पदाधिकारीको बैठकले पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको एकीकृत समाजबादी कास्कीका सचिव होम नेपालीले बताउनुभयाे । उहाँले कास्की जिल्ला र गण्डकी प्रदेशबाट गएका तीन वटा नाम मध्येबाट आचार्यको नाम 'फाइनल' भएको बताउनुभयाे । सत्ता गठबन्धमा पोखरा महानगरपालिका एकीकृत समाजवादीलाई परेको थियो ।