नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुने गरेको दावी गरेका छन् । बिहीबार झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी विकास गर्न जन्मेको भन्दै एमालेले जहाँ छोयो, जहाँ टेक्यो त्यहाँको विकास भएको दावी गरेका हुन् । ‘हाम्रो पार्टी देशमा परिवर्तन ल्याउन बनेको पार्टी हो । हाम्रो पार्टी शान्ति सुव्यवस्था र लोकतन्त्रका लागि बनेको, लडेको र लोकतान्त्रिक गणतन्त्र ल्याएको पार्टी हो । अब यी उपलब्धीहरुको रक्षा यसै पार्टीले गर्छ’