सुदूरपश्चिम प्रदेश : अझै हुन सकेन बजेटमाथि छलफल

सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन तीन साता भइसक्दा पनि अघि बढ्न सकेको छैन । प्रदेश सरकारको कमजोरी र सत्तापक्षको असन्तुष्टिका कारण बैठक अघि बढ्न सकेको छैन । सरकारको लापरबाहीका कारण बजेटमाथिको छलफल अघि बढ्न नसकेको सत्तापक्ष सांसदहरुले बताएका छन् । ‘अहिले बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । सरकारलेनै छलफल अघि बढाएको छैन’ प्रदेश सभा सदस्य दुर्गा विकले भनिन्  । प्रदेशसभा सदस्यमात्र नभई आर्थिक मामिला मन्त्री प्रकाश रावलले सरकारकै कमजोरीका कारण सभा अघि बढ्न नसकेको बताए । उनले