सरकारसँग वार्ता गर्न विप्लव समूहले प्रकाण्डकाे नेतृत्वमा टाेली बनायाे

काठमाण्डाै – सरकार र नेत्र विक्रम चन्द विप्लव समूहबीचको वार्ता औपचारिक रूपमा अघि बढ्ने भएको छ । दुवै पक्षबाट वार्ता टोली गठन भएसँगै अब वार्ता औपचारिक रूपमा अघि बढ्ने भएको हो । वार्ताका लागि विप्लव समूहले पार्टी प्रवक्ता एवं केन्द्रीय समिति सचिवालय सदस्य खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड' को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । महासचिव नेत्रविक्रम चन्दले विज्ञप्ति निकालेर राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधिनताका विषयमा वार्तामा बस्न आफूहरू तयार रहेको र त्यसका लागि दुई सदस्यीय समिति गठन गरिएको...

सम्बन्धित सामग्री

‘जनमत सङ्ग्रहबाहेक हामीले अरू तरिकाले सोचेका छैनौँ’

गत फागुनमा सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीनबुँदे सहमति भयो । सोही सहमतिसँगै विप्लव समूह शान्तिपूर्ण खुला राजनीतिमा आएको थियो ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव ‘विप्लव’को उपस्थितिमा दुवै पक्षको वार्ता टोलीका संयोजकहरू रामबहादुर थापा बादल र खड्गबहादुर विश्वकर्माले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । सहमतीमा दुवै पक्ष देशको राजनीतिक समस्याहरू वार्ता र संवादबाट समाधान गर्न सहमत भएको, आफ्ना सबै राजनीतिक क्रियाकलाप

वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह

काठमाडौं । आफूमाथिको प्रतिबन्ध फुकुवासँगै विप्लव समूहले खुला राजनीतिमा प्रवेश पाएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको दलले बिहीबार ‘खुला रूपमा शान्तिपूर्ण राजनीतिमा आउने’ प्रतिबद्धता जनाएसँगै सरकारसँग तीनबुँदे सहमतिसमेत गरेको छ । यसअघि, सरकारले २८ फागुन २०७५ मा ‘राजनीतिक गतिविधि गर्न बन्देज गर्नेगरी’ सो समूहमाथि प्रतिबन्ध लगाएको थियो । विप्लव समूहका थुनामा रहेका नेता–कार्यकर्ता छाड्ने […] The post वार्ता सफल: खुला राजनीतिमा विप्लव समूह appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

विप्लव समूह र सरकारबीचको वार्ता सफल, ३ बुँदे सहमति - Purbeli News

काठमाडौं / २० फागुन । प्रतिबन्धित नेकपा विप्लव समूह र सरकारबीचको वार्ता सफल भएको छ । बिहीबार सरकार र यो समूहबीच तीन बुँदे सहमति भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए । अब सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको छ भने विप्लव समूहले पनि मूलधारमा आउने भएको छ । वार्ताका लागि सरकारले...

विप्लव समूह र सरकारबीच दोस्रो चरणको वार्ता सकियो, दुवै पक्ष सहमति नजिक

काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)बीच दाश्रो चरणको वार्ता सम्पन्न भएको छ। बुधबार साँझ बसेको दोश्रो चरणको वार्तामा दुबै पक्ष समान धारणा नजिक पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए। सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्,’वार्ता विषय केन्द्रीत रह्यो। दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने […]

सरकार–विप्लव समूह वार्ता नजिक

१७ फागुन, काठमाडौं । सरकार र भूमिगत नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच वार्ता हुने भएको छ । पटकपटकको अनौपचारिक संवाद र छलफलपछि वार्ताको टेबलमा बस्न दुवै पक्ष तयार भएका हुन् । यसका लागि दुवै पक्षले वार्ता समिति बनाएका छन् । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला […]

सरकार र विप्लव समूह दुवै पक्षले गठन गरे वार्ता समिति

काठाडमौं । सरकार र प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) बीच वार्ताको तयारी भएको छ । वार्ताका लागि दुवै पक्षले वार्ता समिति गठन गरेका छन् । सरकारले विप्लव नेतृत्वको भूमिगत समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । टोलीको अर्का सदस्यमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका सरकारको तर्फबाट मन्त्री गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यता, विप्लव समूहले पनि सरकारसँग वार्ता गर्न खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेका विज्ञप्तिमार्फत जनाएको छ। पूर्वमन्त्री समेत रहेका विश्वकर्मा विप्लव समूहका वरिष्ठ नेता हुनुहुन्छ । हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी ओली नेतृत्वकै सरकारले २०७५ फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो ।

विप्लव समूह पनि वार्ता समिति बनाउने तयारीमा

१७ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति बनाएको छ । मंगलबार सरकारले २ सदस्यीय वार्ता टोली गठन गरेपछि विप्लव समूहले पनि वार्ता समिति बनाउने …

सरकारका प्रवक्ता भन्छन् : विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्छौं

१८ फागुन, काठमाडौं । सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । उक्त समूहसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा समिति गठन भएको जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिबन्ध फुकुवा गर्ने बताएका हुन् । प्रतिबन्ध फुकुवा भएपछि विप्लव समूह शान्ति प्रक्रियामा आउने मन्त्री गुरुङले […]

सार्वजनिक हुँदै विप्लव, सरप्राइज दिने सरकारको तयारी

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रूपमा भित्रभित्रै वार्ता गर्दै आएको छ ।  सरकारी पक्षले वार्तालाई परिणाममुखी बनाउन भन्दै पहिले अनौपचारिक वार्ता गर्ने र त्यसपछि ठोस परिणाम नजिक पुगेपछि औपचारिक रूपमा एकैपटक ‘सरप्राइज’ दिने गरी रणनीति बनाउँदै आन्तरिक रूपमा नै वार्ता गरिरहेको उच्च स्रोतले जनाएको हो ।  यस बीच बालुवाटार  र विप्लव समूहबीच अनौपचारिक पत्र आदानप्रदान भइसकेको छ । आइतवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र विप्लव समूह...

सरकारसँग वार्ता गर्न विप्लव समूह सकारात्मक

८ फागुन, काठमाडौं । नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ । सरकारले शान्तिपूर्ण राजनीतिमा आउन आहृवान गर्दै सम्वादका अनौपचारिक प्रयास गरिरहेका बेला विप्लव समूहले औपचारिक रुपमा बोलेको हो । महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी […]