धनकुटामा चाहिँ बहुदल आएको छ कि छैन, ओलीजू ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी माथि ठूलै झटारो प्रहार गरे । सबै स्थानीय तहमा माओवादी विजयी भएर नयाँ कीर्तिमानी कायम गरेको रुकुम र रोल्पालाई उनले गणतन्त्र र लोकतन्त्र नपुगेको ठाउँमात्रै भनेनन् त्यहाँका मानिसहरुले अझैसम्म पनि स्वतन्त्र रुपमा मतदान गर्न पाउने नगरेको आरोप समेत लगाए ।