मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले गोरखापत्र राज्यको बहुमूल्य सम्पत्ति भएको बताउनुभएको छ। गोरखापत्र संस्थानको प्राङ्गणमा जारी ऐतिहासिक तस्बिर प्रदर्शनीको अवलोकन पश्चात् संक्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो।