राजधानीमा अन्तर्राष्ट्रिय व्यापार मेला

महासंघले हरेक वर्ष आयोजना गर्दै आइरहेको अन्तर्राष्ट्रिय व्यापार मेला कोभिड १९ को कारणले रोकिएको थियो। सोही मेलालाई फेरि निरन्तरता दिन लागिएको हो।...

सम्बन्धित सामग्री

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय व्यापार मेला

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु भएको छ । भृकुटीमण्डपमा आयोजित मेलाको समुद्घाटन सभामुख देवराज घिमिरेले गरे ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला मंसिर १४ गतदेखि काठमाडौंमा आयोजना हुने

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला यस वर्ष मंसिर १४ गतदेखि काठमाडौंमा आयोजना हुने भएको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस वर्ष मंसिर १४ गतदेखि १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा व्यापार मेला आयोजना हुने जानकारी दिएको हो । मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेशलगायतका देशबाट […]

अन्तर्राष्ट्रिय व्यापार मेला चैत पहिलो साता

आउँदो चैत पहिलो साता अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । मेलामा भाग लिन चाहनेका लागि बिहीबारबाट स्टल बुकिङ खुला गरिएको जानकारी आयोजकले दिएको छ । यो नवौं संस्करणको अन्तर्राष्ट्रिय व्यापार मेला हो । यस वर्षको मेलाका लागि चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानबाट सहभागिता रहने छ । मेलामा नेपाली हस्तकला र एनटीआइएस प्रडक्टका साथै […]

चैतको पहिलो साता नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

यस वर्षको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आगामी चैत २ देखि ६ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ । कोरोना

दुइ वर्षपछि महासंघले अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै, स्टल बुकिङ खुला

२८ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी चैत पहिलो साता अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने भएको छ । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर महासंघले मेला आयोजनाबारे जानकारी दिएको हो । कोभिड-१९ का कारण दुई वर्षदेखि रोकिएको मेला आगामी २-६ चैतसम्म आयोजना हुनेछ । अन्तर्राष्ट्रिय व्यापार मेलामा भाग लिन चाहनेका लागि शुक्रबारदेखि स्टल […]

महिला उद्यमी महासंघले छैठौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला गर्ने

महिला उद्यमी महासंघले आगामी भदौ २ देखि ६ गतेसम्म काठमाडौंमा छैठौं अन्तर्राष्ट्रिय महिला व्यापार मेला गर्ने भएको छ।...

महिला उद्यमी अन्तर्राष्ट्रिय व्यापार मेला समापन

काठमाडौं (अस) । महिला उद्यमी महासंघले सञ्चालन गर्दै आएको अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको पाँचौं संस्करण सम्पन्न भएको छ । कोरोना महामारीका कारण महासंघले गत भदौ ६ देखि २१ गतेसम्म आयोजना गरेको पाँचौं अन्तर्राष्ट्रिय अनलाइन भर्चुअल व्यापार मेला सोमबार सम्पन्न भएको हो । महासंघले अनलाइन प्लाटर्फममा स्थान उपलब्ध गराउँदै यो वर्ष ‘सहकार्य गरौं, सफल बनौं’ नाराका साथ पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गरेको हो । व्यापार मेलामा राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय महिला उद्यमीले भर्चुअल प्रविधिमार्फत आफ्ना उत्पादन बिक्रीमा राखेका थिए । मेला सञ्जाल निर्माण, सीप तथा ज्ञानको आदानप्रदान तथा उत्पादनलाई बढावा दिन सफल भएको दाबी महासंघको छ । काठमाडौंलगायत नेपालका विभिन्न महिला उद्यमी, जिल्ला संघमा आबद्घ महिला उद्यमीले सहभागिता जनाएको भर्चुअल व्यापार मेलामा महिला उद्यमीबाटै उत्पादित सामग्री प्रदर्शन एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रेताले भर्चुअल माध्यमबाटै खरिद तथा बिक्री गरेको महासंघले जनाएको छ । मेलामा  महिला उद्यमीका उत्पादन अनलाइन ई–पोर्टलमार्फत प्रदर्शन गरिएको थियो भने वीनबिज साइटबाट बिक्री गरिएको थियो ।  महिला उद्यमीका उत्पादन सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम तथा युट्युब र इमेलमार्फत पनि प्रचार गरिएको थियो । भर्चुअल व्यापार मेलामा सात वटै प्रदेशको प्रतिनिधित्व गर्दै २४ विभिन्न जिल्लाका महिला उद्यमीद्धारा उत्पादित ११३० वटा सामाग्रीलाई विभिन्न ४ समूहमा विभाजन गरी प्रदर्शनीमा राखिएको थियो । भर्चुअल मेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल १ लाखभन्दा बढी दर्शकले अवलोकन गरेको महासंघले जनाएको छ ।

पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरू

महिला उद्यमीहरुको पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला भर्चुअल माध्यमबाट सुरु भएको छ । महिला उद्यमी महासंघ नेपालले आयोजना गरेको महिला उद्यमीहरुको पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेलाको बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । भर्चुअल माध्यमबाट मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महिला उद्यमीहरुको समस्या सरकारले सुन्ने बताए । उनले सबैको सहकार्यमा नेपालको अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्नुपर्ने बताए […]

महिला उद्यमी अन्तर्राष्ट्रिय व्यापार मेला गर्दै

काठमाडौं, (नेस) । महिला उद्यमी महासंघ नेपालले अनलाइनमर्फत् भर्चुअल व्यापार मेला आयोजना गर्ने भएको छ । महासंघले भदौ १७ देखि २१ गतेसम्म ‘सहकार्य गरौं, सफल बनौं’ भन्ने नाराका साथ पा“चौ अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गर्न लागेको हो । महासंघले भर्चुअल माध्यमबाट आयोजना गर्न लागेको मेलाको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १६ गते भर्चुअल माध्यमबाट गर्नुहुने […]

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा अर्को महिना ‘सातौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ । भृकुटीमण्डपमा आयोजना हुने मेला फागुन २४ देखि २८ सम्म सञ्चालन हुने महासंघले जानकारी दिएको छ ।