बागमती प्रदेशले साना र टुक्रे आयोजनामा खर्च नगर्ने

काठमाडौं । बागमती प्रदेश सरकारले साना तथा टुक्रे आयोजनाको विकल्पमा ठूला र धेरै लाभ दिने परियोजनाको विकासलाई प्रमुख प्राथमिकता दिने भएको छ । टुक्रे र साना आयोजना अत्यधिक रहेका र त्यसले कुनै पनि प्रतिफल नदिएको निष्कर्ष निकाल्दै ठूला र रणनीतिक महत्वका आयोजनालाई अगाडि बढाउने तयारीका साथ प्रदेश सरकार अगाडि बढेको छ ।    बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलले भने, ‘सकेसम्म साना र टुक्रे आयोजनालाई कम गर्दै ठूला र धेरैलाई लाभ प्रदान गर्ने ठूला एवं महत्वपूर्ण परियोजना अगाडि बढाउने गरी काम अगाडि बढाइएको छ ।’ उनका अनुसार साना आयोजनामा गरिएको लगानी ‘बालुवामा पानी’ भनेजस्तै भएको छ । राज्यका साधन र स्रोतको खर्च भए पनि त्यसबाट अपेक्षित लाभ हासिल हुनसकेको छैन ।       शनिवार सञ्चारकर्मीहरूसँगको कुराकानीमा मुख्यमन्त्री जमकट्टेलले प्रदेश सरकारले देखिने गरी काम गर्ने तयारी गरेको र सङ्घीयताको अनुभूति दिलाएरै छाड्ने दृढता व्यक्त गरे । संघीय राजधानी काठमाडौंबाहेकका १० जिल्लामा नै ठूला आयोजनालाई केन्द्रित गर्न खोजिएको उनको भनाइ छ । उनले हरेक वर्ष विकास निर्माण खर्च बढ्न नसकेको अवस्थामा नयाँ सोच अगाडि सारिएको जानकारी दिए ।      उनले भने, ‘बागमती प्रदेश सरकारको नेतृत्व सम्हालेपछि नै विकास खर्च बढाउने सोचका साथ काम शुरू गरेको छु । हालको विकासको मोडलबाट समृद्धिमा पुग्न सकिँदैन ।’ उनले सरकारको खर्च टुक्रे आयोजनामा गएको बताए । रू. १० देखि ५० लाखसम्मका आयोजनामा हुने खर्चले कुनै प्रतिफल हासिल हुन नसकेको मुख्यमन्त्री जमकट्टेलको भनाइ छ ।      ठूला आयोजनामा जानै नचाहने सोच जबर्जस्ती रूपमा स्थापित छ । जमकट्टेलले भने, ‘ठूला आयोजनामा धेरै जोखिम छ । झमेला पनि उस्तै छ । आम मानिस त्यसमा प्रवेश गर्न नै चाहँदैनन् । सानामा रमाउने, ठूलामा जानै नचाहने प्रवृत्ति छ । यसमा सुधार जरुरी छ ।’ थोरै र कम बजेट विनियोजन गरिएका साना आयोजना भनेका बाटो ढलान गर्ने र साना खानेपानीमा धेरै छन् । त्यस्ता टुक्रे आयोजना रोक्नुपर्छ भन्ने सोच आफ्नो रहेको उनले बताए । संघीय सरकारले पनि रू. २ लाखदेखि रू. ५ लाखसम्मका ७ आयोजना सर्शत अनुदानका रूपमा पठाइरहेको छ । त्यसलाई रोक्नुपर्ने उनको भनाइ छ ।      उनले भने, ‘हामी ठूला आयोजनामा प्रवेश नै गर्न चाहँदैनौं । त्यसमा रिस्क छ । झमेला छ । सोही कारण साना आयोजनामा रमाउने, ठूला आयोजनामा जान नचाहने प्रवृत्ति छ । ठूला आयोजना सम्पन्न गर्‍यौँ भने बजेट खर्च हुन्छ, समृद्धि पनि प्राप्त हुन्छ ।’      उनले साना तथा टुक्रे आयोजना स्थानीय तहमा नै जानुपर्ने र त्यसका लागि प्रदेश सरकारका तर्फबाट अनुदान बढाइदिने उल्लेख गरे । उनले हाल कायम रहेको विकासको मोडल बदल्नु पर्ने बताए । मुख्यमन्त्री जमकट्टेलले आगामी आवदेखि साना आयोजनामा बजेट नै विनियोजन नगर्ने बताए । ‘हामी त्यसको प्रयास गर्छौँ । रू. ५० लाखभन्दा कम बजेटका आयोजना नपठाउने सोच बनाएका छौँ’ मुख्यमन्त्री जमकट्टेलले भने ।      हरेक पालिकाको केन्द्रसम्म सडक कालोपत्र गर्ने र प्रदेशभित्रका सबै पालिकालाई कालोपत्र सडकले जोड्ने सोच अगाडि सारिएको उनको भनाइ छ । मानव विकासको सूचकाङ्कमा पछाडि परेको प्रदेशभित्रैको धादिङकोे रुवि भ्यालीको विकासका लागि एकीकृत विकास कार्यक्रम अगाडि बढाइने उनले बताए ।       संघीयताको विषयमा नकारात्मक सोच विकास हुनुको पछाडि संघीय सरकारको नेतृत्वमा रहेका मानिसहरूको सोचले पनि काम गरेको उनको भनाइ छ । संघीय शासन व्यवस्थामा गइसकेपछि तीनै तहको सरकारको आ–आफ्नै खालको भूमिका रहन्छ भन्ने तथ्य स्थापित भएको मुख्यमन्त्री जमकट्टेलले उल्लेख गरे । रासस

सम्बन्धित सामग्री

प्रदेश सरकारको प्राथमिकतामा टुक्रे र साना योजना

बागमती प्रदेश सरकारले जिल्लामा साना र टुक्रे योजनामा बजेट विनियोजन गर्ने परम्परालाई निरन्तरता दिँदै आएको छ । प्रदेश सरकार गठन भएसँगै प्रदेश सरकार मातहतका विभिन्न मन्त्रालयले टुक्रे र साना योजनालाई प्राथमिकता दिँदै बजेट विनियोजन गर्ने काम गर्दै आएका छन् ।

टोले योजनालाई बजेट विनियोजन

मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै तीन तहको सरकार निर्माण भए पनि तीनै तहका सरकारबाट टुक्रे योजनामा बजेट विनियोजन गर्ने पुरानो परम्परा भने कायमै रहेको छ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा पनि मातहतका कार्यालयमार्फत कार्यालयबाट कार्यान्वयन गर्ने गरी टुक्रे तथा टोले कार्यक्रमममा बजेट विनियोजनलाई निरन्तरता दिएको छ। प्रदेश सरकारले काभ्रेपलाञ्चोक जिल्ला तथा आसपासका जिल्लामा कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालय, सहरी विकास तथा भवन कार्यालयलगायतका पूर्वाधारको काम गर्ने कार्यालयमार्फत काम गर्न गराउन साना टुक्रे योजनामा बजेट विनियोजन गरेको हो। प्रदेश सरकारले जनशक्तिको अवस्था नहेरी टुक्रे योजनामा बजेट विनियोजन गर्दा कार्यान्वयनमा समस्या हुने अवस्था आउने गरेको कार्यालयले जनाएका छन्।

बागमती सरकारले बाँडेको टुक्रे योजनाको विरुद्धमा अख्तियारमा उजुरी

मकवानपुर - निर्वाचन लक्षित साना योजनाहरु वितरण गरेपछि विवादमा परेको बागमती प्रदेश सरकार विरुद्ध अख्तियारमा उजुरी परेको छ । प्रदेश सरकारले कानुनविपरीत पाँच लाख रुपैयाँको टुक्रे योजनाका लागि रकमान्तर गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडामा उजुरी परेको हो। आसन्न स्थानीय तहको निर्वाचनल...

बागमती सरकारले बाँडेको टुक्रे योजनाको विरुद्धमा अख्तियारमा उजुरी

मकवानपुर - निर्वाचन लक्षित साना योजनाहरु वितरण गरेपछि विवादमा परेको बागमती प्रदेश सरकार विरुद्ध अख्तियारमा उजुरी परेको छ । प्रदेश सरकारले कानुनविपरीत पाँच लाख रुपैयाँको टुक्रे योजनाका लागि रकमान्तर गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडामा उजुरी परेको हो। आसन्न स्थानीय तहको निर्वाचनल...

बागमती सरकारले बाँडेको टुक्रे योजनाको विरुद्धमा अख्तियारमा उजुरी

मकवानपुर - निर्वाचन लक्षित साना योजनाहरु वितरण गरेपछि विवादमा परेको बागमती प्रदेश सरकार विरुद्ध अख्तियारमा उजुरी परेको छ । प्रदेश सरकारले कानुनविपरीत पाँच लाख रुपैयाँको टुक्रे योजनाका लागि रकमान्तर गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडामा उजुरी परेको हो। आसन्न स्थानीय तहको निर्वाचनल...