सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले उत्पादन कटौती गर्दै

विराटनगर । कोरोना महामारीको कारण सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित ठुला उद्योग मारमा परेका छन् । ती उद्योगले मजदुर कटौती गरी दुई सिफ्टमा उद्योग चलाउन थालेका छन् ।औद्योगिक करिडोरमा रहेका खाद्यान्न र स्वास्थ्य सामाग्री उत्पादन गरिरहेका बाहेकका उद्योगले आफ्ना उत्पादनसँगै कार्यरत मजदुर पनि एकसाथ कटौती गर्न थालेका हुन् ।महामारी रोकथाम र नियन्त्रण गर्ने स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञापछि करिडोरमा ठुला उद्योगमा कार्यरत करिब एक तिहाइ अर्थात् करिब १० हजार मजदुरको रोजगारी गुमेको छ । कोश