विना भिसा अमेरिका छिर्नका लागि ६ हजारको लस्कर मेक्सिको हुँदै अमेरिकी सीमातर्फ

मध्य अमेरिका, भेनेजुएला, क्युबा र अन्य देशहरूबाट आप्रवासीहरूको ठूलो लस्कर मेक्सिको हुँदै अमेरिकी सीमातर्फ अगाडि बढेको छ । विना भिसा अमेरिका प्रवेश गर्ने उद्देश्यले यो लस्कर सीमाक्षेत्रतर्फ अगाडि बढेको हो । अमेरिकामा प्रवेश गर्न खोज्ने आप्रवासीहरूको बृद्धिलाई नियन्त्रण गर्न नयाँ सम्झौताहरूका लागि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको मेक्सिको सिटी भ्रमण अगाडि यो लस्कर आएको हो । […]