कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार

काठमाण्डाै - कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्सबीच त्रिदेशीय छलफल भएको छ । चीनका राष्ट्रपति सी जिनपिङ, जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच कार्बन उत्सर्जन नियन्त्रणबारे छलफल भएको हो । छलफलका क्रममा चीनका राष्ट्रपति सीले चीन कार्बन उत्सर्जनबारे गरिएको प्रतिबद्धता पालना गरी फ्रान्स र जर्मनीसँग जलवायु परिवर्तनका विषयमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । यस्तै उहाँले जलवायु परिवर्तनको सामना मिलेर गर्नुपर्ने र विश्वका मानवजातिको साझा काम भएको बताउनुभयो । उहाँले भूराजनीतिक र...